Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

गभर्नर हुँदा महाप्रसाद अधिकारीको झण्डै ६० लाखले बढ्यो सम्पत्ति

गभर्नर हुँदा महाप्रसाद अधिकारीको झण्डै ६० लाखले  बढ्यो  सम्पत्ति
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकालमा झण्डै ६० लाख रुपैयाँले सम्पत्ति वृद्धि भएको पाइएको छ। राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार अधिकारीको कुल सम्पत्ति पाँच वर्षमा ५९ लाख ६५ हजार १६८ रुपैयाँले बढेको देखिएको हो।

विज्ञापन
Advertisement
Advertisement

२०७६ चैत २५ मा गभर्नरको जिम्मेवारी सम्हालेका अधिकारी २२ चैत २०८१ मा पदबाट विदा भएका थिए। उनको गभर्नर कार्यकालको प्रारम्भमा रहेको सम्पत्ति ३ करोड ४५ लाख ९१ हजार ८५२ रूपैयाँ थियो, जुन चैत २२ सम्म आइपुग्दा ३ करोड ६९ लाख ३६ हजार २६२ पुगेको छ।

डलर निक्षेपमा उच्च वृद्धि
सम्पत्तिमा भएको वृद्धिमध्ये सबैभन्दा उल्लेखनीय वृद्धि अमेरिकी डलर निक्षेपमा देखिएको छ। २०७६ मा कर्मशिलय बैंकमा रहेको २,३०२ अमेरिकी डलर पाँच वर्षमा बढेर २८,६०८ डलर पुगेको छ। आजको विनिमय दर अनुसार (प्रति डलर १३७.६४) उक्त डलर निक्षेपको नेपाली समतुल्य मूल्य करिब ३६ लाख २० हजार ७५८ रुपैयाँ हुन आउने देखिन्छ ।

यसरी डलर खातामार्फत मात्र अधिकारीको सम्पत्ति पाँच वर्षमा करिब ३६ लाख रुपियाँले वृद्धि भएको हो। नेपाली मुद्रामा भने उनका सम्पत्ति २३ लाख ४४ हजार ४१० रुपैयाँले बढेको देखिन्छ।

 

स्थायी सम्पत्तिमा स्थिरता
उनको घर (२२०० वर्गफिट) र १० कित्ता जग्गाको मूल्य पाँच वर्षअघि जस्तै यथावत् रहेको देखिन्छ। तर नगद, बैंक मौज्दात, बीमा तथा लगानी, र विदेशी निक्षेपमा भएको वृद्धिले कूल सम्पत्तिमा उल्लेखनीय वृद्धि भएको हो।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit