Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

क्यान्सरपीडितको उपचारमा मर्क्यूर काठमाडौंको सहयोग

क्यान्सरपीडितको उपचारमा मर्क्यूर काठमाडौंको सहयोग
विज्ञापन
Advertisement

काठमाडौं । क्यान्सरपीडित विपन्न नागरिकको उपचारका लागि सहयोग गर्दै आएको क्यान्सर केयर नेपाललाई सुकेधारास्थित पाँचतारे होटल मर्क्यूर काठमाडौंले आर्थिक सहयोग गरेको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा संस्थाका मानार्थ अध्यक्ष अभिनेत्री मनिषा कोइरालालाई मर्क्यूरका सञ्चालक देशबन्धु बस्नेतले सहयोगस्वरुप पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।

विज्ञापन
Advertisement
Advertisement

अभिनेत्री कोइरालाले सहयोगका लागि धन्यवाद दिँदै क्यान्सरपीडितका लागि उक्त सहयोग उपलब्धिमूलक र महत्त्वपूर्ण हुने बताए । उनले संस्था र होटलबीच दीर्घकालीन सहकार्यको पनि अपेक्षा राखिएको धारणा राखे । “यस संस्थाले लामो समयदेखि क्यान्सरपीडित भई आर्थिक रूपले कमजोर भएकाहरूलाई उपचारका क्षेत्रमा सहयोग गर्दै आएको छ”, अभिनेत्री कोइरालाले भनिन्, “होटल मक्र्योर काठमाडौंले गरेको यो सहयोगले आगामी दिनमा क्यान्सरविरुद्धको लडाइँमा उहाँहरूलाई सहयोग र हौसला पुगेको छ ।”

सञ्चालक बस्नेतले अन्तर्राष्ट्रिय क्यान्सर अस्पताल बनाउन खरिद गरिएको जग्गामा अहिले होटल स्थापना भएको बताउँदै क्यान्सरपीडितका लागि सहयोग गर्न पाउँदा आफू उत्साहित भएको उल्लेख गरे ।

बस्नेतले भने, “अन्तर्राष्ट्रियस्तरको क्यान्सर अस्पताल निर्माण गर्ने उद्देश्यले जग्गा खरिद गरिएको थियो, तर विभिन्न कारणले अस्पताल निर्माण हुन सकेन, आज होटल सुरु भएपछि क्यान्सरपीडितको उपचारमा सहयोग गर्न पाउँदा खुसी लागेको छ ।” उनले आगामी दिनमा पनि क्यान्सरपीडितको सहयोगका लागि संस्थासँग सहकार्य गर्ने बताए ।

क्यान्सर केयर नेपालका अध्यक्ष डा मदनकुमार पियाले लामो समयदेखि आर्थिक रूपमा उपचार गर्न नसक्ने क्यान्सरपीडितका लागि संस्थामार्फत निःशुल्क उपचारमा सहयोग गर्दै आएको बताए । “आर्थिक रूपमा कमजोर भएकाहरू जसले क्यान्सरको उपचार गर्न सक्दैनन्, वा उपचारलाई बीचमै छाड्न बाध्य हुन्छन्, उहाँहरूलाई सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थाले काम गरिरहेको छ”, उनले भने। विसं २०६५ मा स्थापना भएको क्यान्सर केयर नेपाल क्यान्सरपीडितको उपचारका साथै आमनागरिकमा क्यानसका साथै जनस्वास्थ्यका बारमा जनचेतना फैलाउँदै आएको छ ।

जाकियाको शुभारम्भ 

सोही अवसरमा अभिनेत्री मनिषा कोइरालाले होटलमा भारतीय भोजनालय जाकियाको शुभारम्भ गरिन् । भारतीय पाककलाको संस्कृति नेपालमा भित्र्याउने उद्देश्यले जाकिया रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको होटलका महाप्रबन्धक विजय नम्मारन एसले बताइन् । “भारतीय भोजनप्रेमी, नयाँ स्वाद मन पराउने तथा विशेष किसिमका परिकारमा रुचि राख्नेलाई लक्षित गरी जाकिया सञ्चालनमा ल्याइएको हो, रेष्टुरेन्टमा मुर्ग शहजहानी, नल्ली निहारील र कसुन्दी झिन्गालगायत परिकार विशेष छन्”, उनले भने ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit