Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सूर्यज्योति लाइफद्वारा बीमा क्षेत्रमै पहिलोपटक अनलाइन कर्जा र ‘सूर्यज्योति केयर्स’ सेवाको सुरुवात

सूर्यज्योति लाइफद्वारा बीमा क्षेत्रमै पहिलोपटक अनलाइन कर्जा र ‘सूर्यज्योति केयर्स’ सेवाको सुरुवात
विज्ञापन
Advertisement

ललितपुर । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बीमित तथा अभिकर्ताहरुका लागि ‘सूर्यज्योति केयर्स’ सेवा सुरु गर्दै अनलाइनमार्फत सजिलै कर्जा लिन मिल्ने प्रणालीको समेत सुरुवात गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले डिजिटल कार्ड तथा अनलाइन कर्जासम्बन्धी सुविधा र प्रक्रियाबारे जानकारी दिँदै कम्पनीले सधैं नवप्रविधिमा जोड दिँदै सेवा परिस्कृत गर्दै आएको बताए।

यस नयाँ सेवा अन्तर्गत बीमालेख जारी भएको ३ वर्षपछि नगद मूल्यको अधिकतम ९०५ सम्म अनलाइनमार्फत कर्जा लिन सकिनेछ। हालको व्यवस्था अनुसार, अनलाइनमार्फत रु ५०,००० सम्म कर्जा एक क्लिकमै प्राप्त गर्न सकिने छ।

साथै, ुसूर्यज्योति केयर्सु अन्तर्गत कम्पनीसँग सहकार्य गरेका अस्पताल, प्रयोगशाला, होटल, शैक्षिक संस्था आदि स्थानबाट विशेष छुट तथा सुविधा पाइनेछ। यो सेवा मोबाइल एपमार्फत प्राप्त हुने डिजिटल कार्डबाट प्रयोग गर्न सकिनेछ।

बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा र कार्यकारी निर्देशक सुशील देव सुबेदीलगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थितिमा भएको कार्यक्रममा डिजिटल सेवा र नवप्रवर्तनप्रति प्रशंसा व्यक्त गरिएको थियो।

सूर्यज्योति लाइफको हाल चुक्ता पूँजी रु ५०१ करोड, कुल लगानी रु ४,३६० करोड, जीवन बीमा कोष रु ३,८०३ करोड, ३२ लाखभन्दा बढी बीमालेख, १ लाखभन्दा बढी प्रशिक्षित अभिकर्ता तथा १७४ शाखा रहेको छ। यसले ३५ घातक रोगको उपचार खर्चमा रु ५० लाखसम्म सुविधा दिने एकमात्र जीवन बीमा कम्पनी बनेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit