काठमाडौं । नेपालको सबैभन्दा ठूलो दुई पांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ आजबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ ।
सप्ताहव्यापी उत्सवको उद्घाटन एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवाल र एमएडब्लु राइड्सका सीईओ तथा कार्यकारी निर्देशक दीपक कुमार अग्रवालले संयुक्त रूपमा गरे ।
चैत २८ देखि वैशाख ३ गतेसम्म चल्ने यस महोत्सवमा कुनै पनि ब्रान्डको मोटरसाइकल वा स्कुटर सहज रूपमा एक्सचेन्ज गर्न सकिने विशेष अवसर प्रदान गरिएको छ ।
महोत्समबमा कुनै पनि ब्राण्डको बाइक साटफेर गर्न सकिनेछ । कुनै पनि यामाहा बाइक वा स्कुटरमा ५० हजार रुपैयाँको मिनिमम भ्यालुएसन दिइने आयोजकको भनाइ छ । यस्तै, अन्य कुनै पनि ब्रान्डमा २५ हजार न्यूनतम मूल्याङ्कन गरिने छ ।
एक्सचेन्जमा अतिरिक्त १० हजार मूल्याङ्कन बोनस, कुनै ग्यारेन्टर आवश्यक नपर्ने गरी ७.९९५ को फाइनान्सिङ, यामाहा थ्रिल अफ थ्री योजनाको साथ १ लाखसम्म नगद छुटको योजना रहेको छ ।
थ्रिल अफ थ्री विज्ञापन सेयर गरी १ हजार जित्न सकिने छ भने विज्ञापनको स्क्रिनसट देखाई ५० हजारसम्म नगद छुट पाइने छ भने यामाहा खरिद गरी १ लाखसम्म नगद छुट जित्न सकिने छ ।त्यस्तै डुअर प्राइजमा स्मार्ट मेलमेटमरु जित्ने मौका रहेको छ । प्रदर्शनमा रे जेडआर प्रमुख आकर्षण रहने छ ।
यामाहाका विभिन्न लोकप्रिय मोडेलहरू आर१५ भी४, एमटी–१५ भी२, एरोक्स १५५ भी३ सिरिज, डब्ल्यूआर १५५आर जस्ता मोडलहरु राखिएका छन् । जसले सहरी सवारीसाधन खोज्ने ग्राहकदेखि अफ-रोड रोमाञ्चक यात्रा मन पराउने सवारी प्रेमीसम्म सबैका आवश्यकता पुरा गर्छन् ।

















प्रतिक्रिया दिनुहोस्