Advertisement
Advertisement
Corporate Samachar
१२ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

फितारा सोलुसन्स र नेपाल मेडिसिटी वयोधा हस्पिटलबीच स्वास्थ्य उपचार किस्ताबन्दीमा गराउने  सम्झौता

फितारा सोलुसन्स र नेपाल मेडिसिटी वयोधा हस्पिटलबीच स्वास्थ्य उपचार किस्ताबन्दीमा गराउने  सम्झौता
विज्ञापन
Advertisement

काठमाडौं। नेपालको अग्रणी डिजिटल ईएमआई एग्रिगेसन प्लेटफर्म ‘वान बीएनपीएल’ सञ्चालन गरिरहेको कम्पनी फितारा सोलुसन्स प्रा.ल. र वीरगन्जस्थित नेपाल मेडिसिटी वयोधा हस्पिटलबीच स्वास्थ्य सेवा सहज उपलब्ध गराउने गरी समझदारी भएको छ।

विज्ञापन
Advertisement
Advertisement

यस रणनीतिक साझेदारी अन्तर्गत अब नेपाल मेडिसिटी वयोधा हस्पिटलमा उपचार गराउने बिरामी तथा उनका आफन्तहरूले अस्पतालको बिल शून्य प्रतिशत व्याजदरमा मासिक किस्ताबन्दीमा भुक्तानी गर्न सक्नेछन्।

स्वास्थ्य उपचारका क्रममा आइपर्ने अचानक र ठुलो आर्थिक भारलाई कम गर्ने उद्देश्यका साथ यो सहकार्य गरिएको हो। सम्झौता अनुसार अस्पतालमा उपचार गराउँदा ५,००० वा सोभन्दा बढी रकमको बिल आएमा ‘वान बीएनपीएल’ सँग आबद्ध बैङ्कका क्रेडिट कार्ड वाहकहरूले उक्त रकमलाई ३ देखि १८ महिनासम्मको भुक्तानी अवधिमा रूपान्तरण गर्न सक्नेछन्।

यो सम्पूर्ण प्रक्रिया पूर्ण रूपमा डिजिटल र कागजरहित हुनेछ। बिरामीका कुरुवा वा क्रेडिट कार्ड वाहकले कुनै पसलमा सामान खरिद गरेजस्तै सहजै अस्पतालको बिललाई ईएमआईमा लैजान सक्नेछन्।

सम्झौता अनुसार न्यूनतम ५,००० वा सोभन्दा माथिको अस्पताल बिलमा यो सुविधा लागू हुनेछ । यसैगरी, ग्राहकले आफ्नो अनुकूलता अनुसार ३, ६, ९, १२, १५, वा १८ महिनाको भुक्तानी अवधि रोज्न पाउनेछन् । वान बीएनपीएल प्लेटफर्ममा आबद्ध सबै १० वटा साझेदार बैङ्कका क्रेडिट कार्ड वाहकहरूले यो सेवा लिन सक्छन् ।

फितारा सोलुसन्सका आशिष के शर्माले फिनटेकले वास्तविक मानवीय समस्या समाधान गरेको उल्लेख गर्दै आर्थिक अभावका कारण कोही पनि उपचारबाट वञ्चित हुनु नपर्ने बताए । ‘स्वास्थ्य उपचारको खर्च अक्सर अचानक र अत्यावश्यक हुन्छ। उपचारकै थलोमा तत्काल, शून्य–व्याज किस्ता सुविधा उपलब्ध गराएर हामी बिरामी र उनका परिवारलाई बिलको आर्थिक चिन्ताबाट मुक्त गराई स्वास्थ्य लाभमा ध्यान केन्द्रित गर्न सशक्त बनाउँदैछौँ।’

त्यस्तै, नेपाल मेडिसिटी वयोधा हस्पिटल, वीरगन्जका प्रबन्ध निर्देशक विजय रिमालले अस्पतालको मुख्य लक्ष्य नै गुणस्तरीय र किफायती स्वास्थ्य सेवा प्रदान गर्नु रहेको धारणा राखे । ‘ONE BNPL सँगको यो साझेदारीमार्फत हाम्रा बिरामीहरूलाई उनीहरूले पाउनुपर्ने सम्मान र सहज सुविधा दिने दिशामा यो हाम्रो तर्फबाट एक महत्त्वपूर्ण कदम हो।’

ONE BNPL को नेटवर्कमा हाल नेपालका १० वटा प्रमुख बैङ्कहरू आबद्ध छन्। ती बैङ्कका क्रेडिट कार्ड वाहकहरूले वीरगन्जको मेडिसिटी वयोधा हस्पिटलमा सम्झौता अनुसारको सेवा लिन पाउनेछन् । अस्पताल प्रशासनका अनुसार नेपाल मेडिसिटी वयोधा हस्पिटल, वीरगन्जको बिलिङ काउन्टरमा गएर बैङ्कका क्रेडिट कार्डवाहकहरूले यस ब्याजमुक्त किस्ता सुविधाबारे विस्तृत जानकारी लिन र सेवा उपभोग गर्न सक्नेछन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit