Advertisement
Advertisement
Corporate Samachar
५ आश्विन २०८३, सोमबार
Advertisement

सुर्खेतमा एथरको नयाँ एक्सपेरियन्स सेन्टर, ग्राहकलाई विशेष अफर

सुर्खेतमा एथरको नयाँ एक्सपेरियन्स सेन्टर, ग्राहकलाई विशेष अफर
विज्ञापन
Advertisement

सुर्खेत। नेपालका लागि एथर एनर्जीको आधिकारिक वितरक वैद्य इनर्जीले कर्णाली प्रदेशमा विद्युतीय मोबिलिटी विस्तार गर्दै सुर्खेतमा आफ्नो १६औं ‘एथर एक्सपेरियन्स सेन्टर’ सञ्चालनमा ल्याएको छ।

विज्ञापन
Advertisement
Advertisement

वीरेन्द्रनगर–१२, एयरपोर्ट चोकमा सञ्चालनमा आएको सेन्टरबाट ग्राहकले एथरका विद्युतीय स्कुटरको अवलोकन, टेस्ट राइड तथा खरिद गर्न सक्नेछन्। सेन्टरमा एथरको लोकप्रिय ४५० सिरिजसँगै पारिवारिक प्रयोगका लागि लक्षित ‘एथर रिज्टा’ सिरिज उपलब्ध छन्। स्कुटरमा म्याजिक ट्विस्ट, इन्फिनिट क्रुज र भ्वाइस कमान्डलगायतका फिचर समावेश छन्।

एथरले ब्याट्रीमा ८ वर्ष वा ८० हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराउँदै आएको जनाएको छ। कम्पनीका अनुसार हाल देशभर १० भन्दा बढी आधिकारिक सर्भिस सेन्टर र ५० भन्दा बढी फास्ट चार्जिङ पोइन्ट सञ्चालनमा छन्। नयाँ सेन्टर सञ्चालनको अवसरमा कम्पनीले असोज ११ गतेसम्म सीमित अवधिको अफर पनि सार्वजनिक गरेको छ। अफरअन्तर्गत ग्राहकले नगद खरिदमा एट७० ब्याट्री वारेन्टी, फाइनान्सिङमा शून्य प्रतिशत ब्याजदर वा एक्सचेन्जमा थप ८ हजार रुपैयाँसम्मको मूल्यांकनमध्ये कुनै एक सुविधा छनोट गर्न सक्नेछन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit