Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

‘सेतो हात्ती’ बनेको पोखरा एयरपोर्टमा १० अर्ब आर्थिक अनियमितता भएको निष्कर्ष

‘सेतो हात्ती’ बनेको पोखरा एयरपोर्टमा १० अर्ब आर्थिक अनियमितता भएको निष्कर्ष
विज्ञापन
Advertisement

काठमाडौं । पोखरा विमानस्थल निर्माणका क्रममा ठूलो रकम भ्रष्टाचार भएको बाहिर आएको छ । विमानस्थल निर्माणबारे अध्ययन गर्न गठित सार्वजनिक लेखा समितिले पोखरा विमानस्थलमा ठेक्का प्रक्रियाको प्रारम्भदेखि नै अनियमिता र भ्रष्टाचार भएको निष्कर्ष निकालेको हो ।

विज्ञापन
Advertisement
Advertisement

सांसद राजेन्द्र लिङ्देनको संयोजकत्वमा संसदको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले ठूलो रकम भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै सो बारे अध्ययन गरी दोषीलाई कारबाही गर्न अख्तियारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

संयोजक लिङ्देनका अनुसार पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार गर्नकै लागि विभिन्न नीतिगत निर्णय गरेको पाइएको छ । १४ अर्बको लागत अनुमान रहेको परियोजनामा मोलमोलाइबाट २२ अर्ब पुर्‍याइएको उनले बताए । उपसमितिले विमानस्थल निर्माण गर्दा हालका महानिर्देशक प्रदीप अधिकारी आयोजना प्रमुख रहेको र उनकै निर्देशनमा काम भएको भन्दै अधिकारीलाई तत्काल निलम्बन गरेर थप अनुसन्धान गरी सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउनसमेत सिफारिस गरेको छ ।

यस्तै,  अध्ययनका क्रममा कर छुट दिएर आर्थिक अनियमितता गर्ने काम भएको, निर्माण कार्यक्रममा कमसल सामग्री प्रयोग गरिएको उपसमितिको निष्कर्ष छ ।

उपसमितिको प्रतिवेदनमा २ अर्ब २२ करोड रुपैयाँ कर छुट दिएको, छिनेडाँडा विमानस्थल कटान गर्न ३२ करोड २ लाख नेपाल नागरिक उड्डन प्राधिकरण (क्यान)बाट खर्च गरेको, विमानस्थलमा एसी जडान गर्न ७ लाख ४२ हजार डलर खर्चेको उल्लेख छ । यो बाहेक नाली खन्न , छिनेडाँडा खन्न, बाहिरबाट माटो ल्याउन तथा विमानस्थलमा माटो भर्न ठेक्काबाटै काम गर्नुपर्नेमा क्यानले आफ्नो बजेटबाट उक्त खर्च गरेर अनिमियता गरेको दाबी गरेको छ ।

१० अर्बमै बन्ने विमानस्थलको भ्रष्टाचार गर्नकै लागि लागत बढाएर २२ अर्ब पुर्याएको देखिएको छ । प्रतिवेदनमा विमानस्थल निर्माणमा भएको भ्रष्टाचारमा संलग्न पदाधिकारीलाई निलम्बन गरेर कारवाही गर्न तथा विमानस्थललाई पूर्ण रूपमा व्यावसायिक सञ्चालनका लागि पहल गर्न सरकारलाई सुझाएको छ ।

विसं २०३२ सालमा विमानस्थल निर्माणका लागि जमिन अधिग्रहण गरिएको थियो। जग्गा अधिग्रहणको चार दशक पछि निर्माण प्रक्रिया सुरू भएको उक्त विमानस्थाल २०७९ पुष १७ गते उद्घाटन गरिएको थियो ।

चीनको एक्जिम बैंकको २२ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा विमानस्थल निर्माण गरिएको हो। सो रकममध्ये २५ प्रतिशत रकमको ब्याज नलाग्ने र बाँकीको वार्षिक दुई प्रतिशतले ब्याज रकम भुक्तानी गनुपर्ने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइए पनि व्यवसायिक रुपमा पूर्ण सञ्चालनमा आउन सकेको छैन ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit