images images
images images
images

‘सेतो हात्ती’ बनेको पोखरा एयरपोर्टमा १० अर्ब आर्थिक अनियमितता भएको निष्कर्ष

images
images
images

काठमाडौं । पोखरा विमानस्थल निर्माणका क्रममा ठूलो रकम भ्रष्टाचार भएको बाहिर आएको छ । विमानस्थल निर्माणबारे अध्ययन गर्न गठित सार्वजनिक लेखा समितिले पोखरा विमानस्थलमा ठेक्का प्रक्रियाको प्रारम्भदेखि नै अनियमिता र भ्रष्टाचार भएको निष्कर्ष निकालेको हो ।

सांसद राजेन्द्र लिङ्देनको संयोजकत्वमा संसदको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले ठूलो रकम भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै सो बारे अध्ययन गरी दोषीलाई कारबाही गर्न अख्तियारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

images
images

संयोजक लिङ्देनका अनुसार पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार गर्नकै लागि विभिन्न नीतिगत निर्णय गरेको पाइएको छ । १४ अर्बको लागत अनुमान रहेको परियोजनामा मोलमोलाइबाट २२ अर्ब पुर्‍याइएको उनले बताए । उपसमितिले विमानस्थल निर्माण गर्दा हालका महानिर्देशक प्रदीप अधिकारी आयोजना प्रमुख रहेको र उनकै निर्देशनमा काम भएको भन्दै अधिकारीलाई तत्काल निलम्बन गरेर थप अनुसन्धान गरी सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउनसमेत सिफारिस गरेको छ ।

यस्तै,  अध्ययनका क्रममा कर छुट दिएर आर्थिक अनियमितता गर्ने काम भएको, निर्माण कार्यक्रममा कमसल सामग्री प्रयोग गरिएको उपसमितिको निष्कर्ष छ ।

उपसमितिको प्रतिवेदनमा २ अर्ब २२ करोड रुपैयाँ कर छुट दिएको, छिनेडाँडा विमानस्थल कटान गर्न ३२ करोड २ लाख नेपाल नागरिक उड्डन प्राधिकरण (क्यान)बाट खर्च गरेको, विमानस्थलमा एसी जडान गर्न ७ लाख ४२ हजार डलर खर्चेको उल्लेख छ । यो बाहेक नाली खन्न , छिनेडाँडा खन्न, बाहिरबाट माटो ल्याउन तथा विमानस्थलमा माटो भर्न ठेक्काबाटै काम गर्नुपर्नेमा क्यानले आफ्नो बजेटबाट उक्त खर्च गरेर अनिमियता गरेको दाबी गरेको छ ।

१० अर्बमै बन्ने विमानस्थलको भ्रष्टाचार गर्नकै लागि लागत बढाएर २२ अर्ब पुर्याएको देखिएको छ । प्रतिवेदनमा विमानस्थल निर्माणमा भएको भ्रष्टाचारमा संलग्न पदाधिकारीलाई निलम्बन गरेर कारवाही गर्न तथा विमानस्थललाई पूर्ण रूपमा व्यावसायिक सञ्चालनका लागि पहल गर्न सरकारलाई सुझाएको छ ।

विसं २०३२ सालमा विमानस्थल निर्माणका लागि जमिन अधिग्रहण गरिएको थियो। जग्गा अधिग्रहणको चार दशक पछि निर्माण प्रक्रिया सुरू भएको उक्त विमानस्थाल २०७९ पुष १७ गते उद्घाटन गरिएको थियो ।

चीनको एक्जिम बैंकको २२ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा विमानस्थल निर्माण गरिएको हो। सो रकममध्ये २५ प्रतिशत रकमको ब्याज नलाग्ने र बाँकीको वार्षिक दुई प्रतिशतले ब्याज रकम भुक्तानी गनुपर्ने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइए पनि व्यवसायिक रुपमा पूर्ण सञ्चालनमा आउन सकेको छैन ।

images
images

प्रतिक्रिया दिनुहोस्