Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एनआईसी एशिया दबावमा, नाफा संकुचित, वितरणयोग्य नाफा ऋणात्मक

एनआईसी एशिया दबावमा, नाफा संकुचित, वितरणयोग्य नाफा ऋणात्मक
विज्ञापन
Advertisement

काठमाडाैं । चालु आर्थिक वर्षको चैत महिनामासम्म एनआईसी एशिया बैंकले १५ करोड ६७ लाख ७५ हजार रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९१.८१ प्रतिशतले कम हो। गत वर्ष सोही अवधिमा बैंकले १ अर्ब ९१ करोड ४८ लाख ९१ हजार रुपैयाँ नाफा कमाएको थियो।

विज्ञापन
Advertisement
Advertisement

बैंकको खुद ब्याज आम्दानी २.७६ प्रतिशतले घटेर ७ अर्ब ९६ करोड २५ लाख रुपैयाँमा सीमित भएको छ। यस्तै, सञ्चालन नाफा पनि ६४.४० प्रतिशतले घटेर १ अर्ब २९ करोड ५ लाख रुपैयाँमा झरेको छ।

चैत मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५६ करोड ९२ लाख रुपैयाँ ऋणात्मक रहेको छ, जसले आगामी दिनमा लाभांश वितरणमा असर पार्न सक्छ।

बैंकले २ खर्ब ९४ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गर्दै २ खर्ब ३३ अर्ब ४३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको खराब कर्जा ०.१६ प्रतिशतले बढेर १.९२ प्रतिशत पुगेको छ।

हाल बैंकको प्रतिसेयर आम्दानी (EPS) १ रुपैयाँ ४१ पैसा र प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ३० पैसा रहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit