Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

विदेशमा सिप सिक्ने, स्वदेशमा अवसर सिर्जना गर्ने समय आएको छ : अध्यक्ष ढकाल

विदेशमा सिप सिक्ने, स्वदेशमा अवसर सिर्जना गर्ने समय आएको छ : अध्यक्ष ढकाल
विज्ञापन
Advertisement

अबुधाबी । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले विदेशमा सिकेका सीप र ज्ञानलाई स्वदेशमै उपयोग गरेर रोजगारी र आर्थिक अवसरहरू सिर्जना गर्नुपर्ने बताएका छन्। अबुधाबीस्थित नेपाली राजदूतावास र दुबईस्थित गैरआवासीय नेपाली संघको सहकार्यमा आयोजित ‘नेपाल महोत्सव २०२५’ लाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।

विज्ञापन
Advertisement
Advertisement

उनले नेपालमा पर्याप्त सम्भावना रहेकाले ती सम्भावनाबाटै आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा जोड दिए। ‘योजनाबद्ध दीर्घकालीन सोच विना विकास सम्भव छैन,’ उनले भने,‘विकासका लागि दूरदर्शी र स्थिर नेतृत्व आवश्यक हुन्छ भन्ने कुरा हामीले दुबईबाट सिक्न सक्छौं।’

तेलमा मात्र निर्भर युएईले अर्थतन्त्रको विविधीकरण गर्दै पर्यटन, वित्तीय सेवा, निर्माण, स्मार्ट सिटी र व्यापार जस्ता क्षेत्रमा ध्यान दिएको उल्लेख गर्दै उनले भने, ‘दुबईलाई विश्वको व्यापारिक हब बनाइएको छ। हामीले पनि नेपालमा भएका सम्भावनाहरूको विविधीकरण गरी त्यसबाट लाभ लिन सक्नुपर्छ।’ ढकालले उर्जा, पर्यटन, कृषि तथा सूचना प्रविधि लगायतका क्षेत्रमा नेपालमा व्यापक सम्भावना रहेको भन्दै वैदेशिक लगानी भित्र्याउन सके रोजगारी सिर्जना र आर्थिक विकासमा टेवा पुग्ने बताए।

नेपालको कला, संस्कृति र परम्परालाई अमूल्य निधिका रूपमा लिँदै उनले यस्ता अन्तर्राष्ट्रिय महोत्सवहरूले नेपाललाई विश्वसामु चिनाउने, मित्रता र सद्भाव बढाउने काममा सहयोग पुर्‍याउने उल्लेख गरे।

महासंघले नेपाल–यूएई आर्थिक सम्बन्धलाई अझ मजबुत बनाउन निरन्तर पहल गरिरहेको जनाउँदै उनले सन् २०२३ डिसेम्बरमा अबुधाबीस्थित नेपाली राजदूतावास र दुबई चेम्बर अफ कमर्सको सहकार्यमा आयोजना गरिएको ‘नेपाल–दुबई व्यवसायिक फोरम’ ले दुई देशका व्यवसायिक नेतृत्वबीच सहकार्यका सम्भावना उजागर गर्न सहयोग गरेको जानकारी दिए।

उनले विदेशमा कार्यरत नेपाली कामदारहरूको योगदानलाई निजी क्षेत्रले उच्च सम्मान गर्ने गरेको र महासंघ नेपाल तथा यूएई दुवैलाई लाभ पुग्ने साझेदारी निर्माणमा प्रतिबद्ध रहेको स्पष्ट पारे।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit