Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

केन्द्रीय समिति विघटनको मागसँगै कांग्रेसको पार्टी कार्यालयमा ताला

केन्द्रीय समिति विघटनको मागसँगै कांग्रेसको पार्टी कार्यालयमा ताला
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली कांग्रेसको आइतबार दिउँसो १ बजे बस्ने भनिएको केन्द्रीय समिति बैठक पुनः स्थगित भएको छ । बैठक अन्तिम समयमा आएर स्थगित भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार दिउँसो सूचना जारी गर्दै बैठक स्थगित भएको जानकारी दिए । ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक स्थगित भएको छ । उक्त बैठक २०८२ कात्तिक १८ गते मंगलबार दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने छ ।’

शुक्रबार बस्ने भनेको बैठक बस्दै नबसी आजका लागि सारिएको थियो । तर, आइतबार पनि बैठक बस्नै सकेन । तर, मंगलबाररलाई सारिएको बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा सातै प्रदेशका सभापतिहरूलाई उपस्थिति जनाउन मुख्य सचिव पौडेलले सूचनामार्फत आग्रह गरेका छन् । कांग्रेसका युवाहरुले पटक –पटक केन्द्रीय समितिको बैठक सारिएकोमा विरोध जनाएका छन् ।

कांग्रेसको ‘अन्डर–४०’ समूहद्वारा पार्टी कार्यालयमा ताला

आइतबार कांग्रेस सुधार अभियान (अन्डर–४०)ले पार्टी मुख्यालयको गेटसम्म पुगेर प्रदर्शन गरेका छन् । उनीहरूले पार्टी कार्यालयको गेटमा तालाबन्दी पनि गरेका छन् । उनीहरूले नियमित महाधिवेशन र युवाको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने मागसहित पार्टी कार्यालयको बाहिरै बसेर नाराबाजी गरेका हुन् ।

उनीहरूले ‘नियमित महाधिवेशन गर्न नसके, वर्तमान केन्द्रीय समिति विघटन गरियोस् ’, ‘आम कांग्रेसजन र युवाहरूको भावनालाई नजरअन्दाज नगरियोस्’,
४० वर्ष मुनिका ४० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर!’, केन्द्रीय नेताहरुको अकर्मण्यता कहिलेसम्म?’ लेखिएका प्लेकार्डसहित नाराबाजी गरेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit