Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

ओमोडा एन्ड जेइकोले ‘ओ युनिभर्स’ मा पहिलो विद्युतीय गाडी ओमोडा ‘इ–फाइभ’ प्रर्दशन गर्ने

ओमोडा एन्ड जेइकोले ‘ओ युनिभर्स’ मा पहिलो विद्युतीय गाडी ओमोडा ‘इ–फाइभ’ प्रर्दशन गर्ने
विज्ञापन
Advertisement

काठमाडौं । ओमोडा एन्ड जेइकोले विश्वव्यापी डिलरहरूका निम्ति एक विशेष र अत्याधुनिक अनुभव प्रस्तुत गर्न यही वैशाख १२ गते शुक्रबार ‘ओ युनिभर्स’ नामक कार्यक्रम आयोजना गर्ने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

उक्त  कार्यक्रममा विश्वभरका डिलर तथा मिडिया प्रतिनिधिहरूलाई ओमोडाको अत्याधुनिक प्रविधिबाट प्रेरित ‘ओ ल्याब’ र जेइकोको अफ–रोड प्रवृतिमा आधारित ‘जे ल्यान्ड’ का दुई फरक अनुभवहरू प्रदान गर्नेछ । भविष्यको जीवनशैलीलाई नै पुनः परिभाषित गर्ने उद्देश्य लिइएको बताइएको उक्त कार्यक्रममा ओमोडाको नवीनतम प्रविधिहरू प्रस्तुत गरिने कम्पनीले जनाएको छ । यस्तै, कम्पनीका अनुसार ओमोडाको पहिलो हाइब्रिड मोडल ‘सि–सेभेन एसएचएस’ र पहिलो पूर्ण विद्युतीय गाडी ओमोडा ‘इ–फाइभ’को समेत प्रदर्शनी हुने छ ।

फ्युचरिस्टिक प्रविधिको उत्सव – ओमोडा ‘ओ ल्याब’

ओमोडाको ‘ओ ल्याब’ले प्रविधि र कलाको समिश्रण गरी सन् २०५० को फ्युचरिस्टिक सहर कस्तो हुनेछ भन्ने अनुभव दिनेछ । ‘ओ युनिभर्स’को सार्वजनिकिकरण समारोहमा उपस्थित हुनेहरूले ग्यालेक्सिहरूको (आकाशगङ्गाहरूको) झझल्को दिने अत्याधुनिक ‘एलइडि स्क्रिन’का भित्ताहरूमा ओमोडाको नवीनतम प्रविधिहरू प्रस्तुत गरिनेछन् । सहभागीहरूले रोबोट, रोबोटिक कुकुर, ड्रोन, र अन्तर्क्रियात्मक क्रियाकलापहरूसहित पूर्ण रूपमा प्रविधियुक्त संसारको अनुभव लिन सक्नेछन् । यस्तै, ओमोडाको पहिलो हाइब्रिड मोडल ‘सि सेभेन एसएचएस’ र पहिलो पूर्ण रूपमा विद्युतीय गाडी ओमोडा ‘इ फाइभ’को पनि प्रदर्शनी हुनेछ । यसका साथै, ‘सि थ्रि साइबर मेका आर्ट ग्यालरी’ले परम्परागत प्रविधिका सीमाहरूलाई तोड्दै यसको ‘इन्टेलिजेन्ट लाइट इन्सटलेसन’ सहित कलात्मक अनुभव प्रदान गर्नेछ । यसले ‘जेनेरेसन जेड’ हरूमा ‘मेका’बाट प्रेरित ‘मोबिलिटि’ र ‘डिजाइन’को नयाँ कल्पनाहरू प्रेरित गर्ने कम्पनीको दाबी छ ।

क्याम्पिङ अनुभवलाई बदल्ने –जेइको ‘जे ल्यान्ड’ को डेब्यु

ओमोडाको प्रविधि अनावरण हुँदै गर्दा जेइकोको ‘जे ल्यान्ड’ प्रदर्शनीमा एक हरियालीपूर्ण वातावरणको झल्को दिनेछ । यही क्रममा पूर्ण विद्युतीय लाइट(आउटडोर (एसयुभी ‘जे फाइभ बिइभि’ को प्रदर्शन हुनेछ । साथै, जेइकोको नवीनतम ‘एसएचएस हाइब्रिड’ प्रविधि जडित ‘जेसेभेन एसएचएस’, र ‘जे एट एसएचएस’ मोडलको पनि प्रदर्शन हुनेछ । यी अत्याधुनिक अफ रोड गाडीहरूको लाइनअप आकर्षक अफ रोड ‘रक्की प्लाटफर्म’मा प्रदर्शन गरिनेछ ।
यसले ती गाडीहरूको कठीन भू(भागमा पनि चल्न तयार क्षमताको प्रदर्शन गर्दै सहभागीहरूलाई पनि नयाँ भू(भागहरूमा घुम्न उत्प्रेरित र उत्साहित गर्दछ । प्रदर्शनीमा, जङ्गलमा क्याम्पिङ गर्दाको अनुभव र वातावरणलाई हुबहु उतार्नको लागि हरियाली घाँस, घना वनजङ्गल, र डाँडाकाँडा, चट्टानजस्ता विशेषताहरू प्रयोग गरिएको छ ।

‘इको सो’(प्रदर्शनी) कै क्रममा सहभागीहरूले जे फाइभ बिइभिको नयाँ ‘लाइट क्याम्पिङ’ टेस्ट ड्राइभको अनुभव लिन सक्नेछन् । यो नौलो अनुभवले १० देशका अन्तर्राष्ट्रिय सञ्चार प्रतिनिधिहरूलाई सहरी क्षेत्रबाट जङ्गलतर्फको यात्रामा लैजाने अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ । यसले गाडीको टेस्ट ड्राइभमात्र नभई आउटडोर लाइफस्टाइल तथा जीवनशैलीको नयाँ दृष्टिकोण प्रदान गर्नेछ ।

यही अप्रिल २५ मा ओमोडा एन्ड जेइकोको ‘इको सो’ सुरू हुँदैछ । एसपिजि अटोमोबाइल्स ओमोडा एन्ड जेइको लिमिटेडको लागि नेपालको आधिकारिक वितरक हो ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit