Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

निसानको ३ दिने ‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ देशभरका १६ चेकपोइन्टमा सुरू

निसानको ३ दिने ‘प्रि-मनसुन नेसनवाइड सर्भिस क्याम्प’ देशभरका १६ चेकपोइन्टमा सुरू
विज्ञापन
Advertisement

काठमाडौं । नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले निसानको विश्वव्यापी सर्भिस अभियान ‘ह्याप्पि विद निसान’ लाई निरन्तरता दिँदै ३ दिने ‘प्रि–मनसुन नेसनवाइड सर्भिस क्याम्प’ सुरू गरेको छ। वर्षा र मनसुनको तयारी स्वरूप ल्याइएको यो विशेष सेवा क्याम्प वैशाख १०, ११ र १२ गते (अप्रिल २३, २४ र २५) सम्म देशभर १६ वटा चेकपोइन्टहरूमा एकसाथ सञ्चालन भइरहेको छ।

विज्ञापन
Advertisement
Advertisement

काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, हेटौँडा, पोखरा, इटहरी, बुटवल, दाङ, नेपालगञ्ज, धनगढी, विर्तामोड, विरगञ्ज, सुर्खेत लगायत देशका विभिन्न प्रमुख सहरमा रहेको निसानको सर्भिस टचपोइन्टहरूमा ग्राहकहरूले यो सेवा लिन सक्नेछन्।

‘प्रि–मनसुन नेसनवाइड सर्भिस क्याम्प’ अन्तर्गत निसान गाडीको सर्भिसिङ तथा चेकअपमा ग्राहकहरूले ७ प्रकारका आकर्षक लाभ र छुटहरू पाउनेछन्। सहभागी ग्राहकहरूलाई ‘टप वास’ निःशुल्क प्रदान गरिनेछ, साथै जुनसुकै सेवा लिँदा पनि ‘लेबर चार्ज’ लाग्ने छैन। साथै, सस्पेन्सन, क्लच तथा निसान ब्रान्डका एक्सेसरिजहरूमा २०% छुट उपलब्ध हुनेछ। बडी सप जब्स सेवामा १५% छुट दिइनेछ भने ल्युब्रिकेन्ट, फिल्टर पार्ट्स, ब्रेक प्याड लगायतका अटो पार्ट्समा १०% छुट पाइनेछ।

पायोनियर मोटो कर्पका अनुसार, यो सेवा अभियानले ग्राहकलाई वर्षा ऋतुको सुरक्षाका लागि सजग बनाउने मात्र होइन, सर्भिसिङ अनुभवमा समेत सहजता ल्याउनेछ। कम्पनीले सम्पूर्ण निसान ग्राहकहरूलाई आफ्नो नजिकको सर्भिस चेकपोइन्टमा पुगेर यो अवसरको लाभ लिन आग्रह गरेको छ।

सन् २०१४ मा स्थापना भएको पायोनियर मोटो कर्प प्रा. लि. जापान, भारत र थाइल्यान्डस्थित निसान प्लान्टबाट सवारीसाधन आयात गर्दै नेपालमा निसान गाडीको विक्री, सर्भिस र पार्ट्स वितरण गर्दै आएको छ। कम्पनीको नेपालभर १३ वटा सशक्त टचपोइन्टहरूको सञ्जाल रहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit