
काठमाडाैं । साताको चौथो दिन बुधबार सम्म आइपुग्दा पनि शेयर बजारमा सुधारको संकेत देखिएन । बजार निरन्तर घटिरहेको हुँदा लगानीकर्ता पनि लगानी बढाउन तयार देखिएका छैनन् ।
पछिल्लो समय वित्तीय क्षेत्रको नियामक निकाय प्रमुख नभई कार्यवहाक गभर्नरको भरमा चलिरहेको छ । यस्तो अबस्थामा शेयर लगानीकर्ताहरु पनि नयाँ गभर्नरको खोजिमा देखिन्छन्। अहिलेसम्म नयाँ गभर्नर को बन्ने भन्ने निश्चित हुन सकेको छैन । उल्टै सिफारिस गर्ने सदस्यकै राजिनामाले थप अन्योल सिर्जना गरेको छ ।
जसले तत्काल नयाँ गभर्नर आउन सक्ने सम्भावन बनेको छैन । अर्कोतर्फ बैंक तथा वित्तीय संस्थाको तेस्रो त्रैमासिक वित्तीय विवरण पनि सन्तोषजनक आउन सकेनन् । बैंकहरुमा खराब कर्जाले चुलिएको छ । लगानीकर्ताहरुलाई लाभांश दिन सक्ने क्षमता घट्दो छ । यस्तो अबस्थामा लगानीकर्ताहरु बजारप्रति लगानी बढाउन नसकेको अनुमान गर्न सकिन्छ । चारदिनमा नेप्से सूचक ६६.१७ अंकले गिरावट आएको छ ।
लगानीकर्ताहरु पर्ख र हेरको अबस्थामा देखिएको यस्तो बजारमा भएका शेयर पनि विक्रि गरेर बाहिरिन थालेको देखिन्छ। अघिल्लो सात औसत ४ अर्बको कारोबार हुँदै आएकोमा यो साता करिब ८ अर्बको कारोबार भइरहेको छ ।
यो दिन ३२.३८ अंकले घटेर २ हजार ६५५.९४ विन्दुमा आइपुगेको छ । त्यस्तै यो दिन ७ अर्ब ५७ करोडको कारोबार हुँदा २८ वटा कम्पनी मात्र बढेका छन् बाँकी २१७ वटा कम्पनी राताम्य भएका छन्। सर्वाधिक घट्ने कम्पनीमा जलविद्युत र विकास बैंक रहेका छन् ।
कर्पोरेट डेभलपमेन्ट बैंकको ९ प्रतिशतले घट्दा मकर जितुमायासुरि, सानिमा माइ हाइड्रो पावर र सिन्धु विकास बैंकको शेयर मूल्य४ प्रतिशतभन्दा बढी रहेको छ । सर्वाधिक कारोबार राधि विद्युत कम्पनी,एनआरएन इन्फाष्ट्रचर रन्यादी ग्रुप पावरको ४१ करोड रुपैयाँदेखि ५८ करोड ४२ लाख रुपैयाँसम्मको कारोबार भएको छ । लगानीकर्ताभने सरकारको अबस्था र वित्तीय क्षेत्रमा सन्तुलन हुन नसक्दा बजारमा उतार चढाब आएको बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्