ललितपुर । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले इम्बार्क कलेजद्वारा विभिन्न एघार वटा घटना अध्ययनलाई समेटेर तयार पारेको ‘इम्बार्क रिसर्च रिभ्यु’ पुस्तकको विमोचन गरेका छन् ।
मन्त्री गुरुङले सरकार डिजिटल वित्तीय सेवाको विस्तारमा सक्रिय रहेको बताए । उनले ग्रामीण क्षेत्रसम्म आर्थिक पहुँच पुर्याउने तथा वित्तीय प्रणाली पारदर्शी, समावेशी र टिकाउ बनाउन हामी नीतिगत सुधारलाई प्राथमिकता दिइरहेको उल्लेख गरे । मन्त्री गुरुङले भने, “सरकार डिजिटल वित्तीय सेवाहरू विस्तारमा सक्रिय छ, जसले ग्रामीण क्षेत्रसम्म आर्थिक पहुँच पुर्याउनेछ। वित्तीय प्रणाली पारदर्शी, समावेशी र टिकाउ बनाउन हामी नीतिगत सुधारलाई प्राथमिकता दिइरहेका छौं।”
इम्बार्क रिसर्च नेटवर्कले आर्थिक समावेशीकरण र दिगोपनका विषयमा संघ सरकार, प्रदेश सरकार, निजी क्षेत्र र शिक्षाविद्हरूबीच सहकार्य सशक्त पार्दै नेपालमा सक्रिय व्यवसायहरुमा आधारित एघार केस स्टडी समेटेर प्रकाशित गरेको पुस्तक ‘इम्बार्क रिसर्च रिभ्यु : दिगो नेपालको बाटो – दिगोपन र आर्थिक समावेशीकरणमा नेपालका नीतिगत चुनौतीहरू’ को विमोचन भएको हो ।
कार्यक्रमको अध्यक्षता गरेका इम्बार्क कलेजका कार्यकारी निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत आशिष ठाकुरले इम्बार्क कलेजको उद्देश्य, शिक्षा र अनुसन्धानमार्फत दिगो नेपालको निर्माणमा कलेजको प्रतिबद्धता तथा युनिभर्सिटी अफ रोहम्प्टनसँगको अन्तर्राष्ट्रिय सहकार्यले ल्याएको नयाँ नीति र कार्यक्रमहरूको महत्त्वबारे बुझाए ।
कार्यक्रममा रोहम्प्टन विश्वविद्यालयका उपकुलपति प्रा।डा। जीन नोएल एजिन्गार्डले अनुसन्धान र नीतिनिर्माणमा अन्तर्राष्ट्रिय साझेदारीको आवश्यकतामा जोड दिए । उनले भने, “विश्वविद्यालयहरूको साझा प्रयासले मात्रै वित्तीय समावेशीकरण र स्थिरताका चुनौतीहरूलाई प्रभावकारी समाधान गर्न सकिन्छ।”
स्थिरता र वित्तीय समावेशीकरण सम्बन्धी बहस सत्रमा वरिष्ठ अर्थशास्त्री प्रा।डा। विश्वम्भर प्याकुरेल, सेबनका कार्यकारी निर्देशक डा। नबराज अधिकारी र काठमाडौं फिनटेकका संस्थापक डा। सन्जिब सुब्बाले डिजिटल प्रविधि र नवप्रवर्तनमार्फत वित्तीय पहुँच विस्तार र दिगोपना सुनिश्चित गर्न आवश्यक नीतिगत सुधारहरूमा छलफल गरेका छन् ।
यस्तै कजेजका प्रिन्सिपल डा। स्टिफन ड्राइभरले शिक्षा, अनुसन्धान र नीति निर्माणबीचको सहकार्यले मात्रै दिगो समाधान सम्भव भएको बताउँदै सबैलाई आर्थिक समावेशीकरण र स्थिरताको लागि साझा प्रयास गर्न आग्रह गरे ।
कार्यक्रममा पुस्तकमा समावेश एघारवटा उत्कृष्ट नेपालमा सक्रिय व्यवसायहरुमा आधारित केस स्टडीका अनुसन्धाताहरूलाई प्रमाणपत्र पनि प्रदान दिइएको थियो ।
इम्बार्क कलेजले नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको स्वीकृतिमा युनिभर्सिटी अफ रोहम्प्टनसँगको सहकार्यमा सञ्चालन गरेको बीएस्सी बिजनेस म्यानेजमेन्ट र एमबीए कार्यक्रममा पनि यस अनुसन्धान र नीति निर्माणको अनुभवलाई समावेश गर्दै दिगो आर्थिक विकासमा योगदान पुर्याइरहेको छ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्