Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

बोरिङ मर्मत गरेर किसानलाई सिँचाइ सुविधा,२०० बढी परिवार लाभान्वित

बोरिङ मर्मत गरेर किसानलाई सिँचाइ सुविधा,२०० बढी परिवार लाभान्वित
विज्ञापन
Advertisement

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–४ स्थित असैनामा चार दशकअघि सिँचाइका लागि जडान गरिएको ‘अटोजन बोरिङ’ मर्मत गरी सञ्चालनमा ल्याइएको छ । यसबाट २०० बढी परिवार लाभान्वित भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

वडा कार्यालयले रु दुई लाख रकम खर्च गरी बिग्रिएको बोरिङ मर्मत गरी सञ्चालन गरेको हो । ‘वर्षौंदेखि बोरिङ बिग्रँदा सिँचाइ सुविधाबाट वञ्चित रहँदै आएका थियौँ’, स्थानीय नेपाली रानाले भने, ‘बोरिङबाट लगातार पानी चुहिँदा नजिकको झण्डै दुई बिघा बढी जग्गा सिमसारमा परिणत भएको थियो ।’

बोरिङका भल्व फेर्ने कार्य गरिएपछि चाहेको बेला खेतमा सिँचाइ गर्न सकिने र नचाहिएका बेला बन्द गर्न सकिने भएको उनले बताए । बोरिङबाट लगातार पानी चुहिने कारणले खेती लगाउनै मुस्किल हुँदै आएको नत्थु रानाले बताए । ‘बोरिङ मर्मत गरिएपछि व्यवस्थित तरिकाले खेतमा सिँचाइ गर्न सकिने भएको छ’, उनले भने ‘खेतीका लागि आवश्यक पर्ने पानी बोरिङबाटै उपलब्ध हुने भएको छ ।’

‘तरकारीखेती गर्नका लागि बोरिङको पानी पु¥याउन सम्भव नहुँदा विगतमा घरकै नल्कामा जडान गरिएको मोटरबाट सिँचाइ गर्दै आएका थियौँ’, सुशीला रानाले भने ‘बोरिङ मर्मत भएपछि सहजरुपमा सिँचाइ गर्न पाइएको छ ।’ विसं २०४० अघि किसानको खेतमा सिँचाइ सुविधा उपलब्ध गराई कृषिको उत्पादकत्व बढाउनका लागि अटोमेटिक (स्वचालित) बोरिङ जडान गरिएको थियो ।

बोरिङ जडान भएको केही वर्षसम्म सहजरुपमा सञ्चालन भए पनि भल्व बिग्रिँदा अलपत्र परेको थियो । भल्व मर्मतका लागि स्थानीय बासिन्दाले रकमको जोहो मिलाउन नसक्दा बोरिङबाट लगातार रुपमा पानी चुहिने समस्याले किसानले हैरानी खेप्दै आएका थिए ।

वडाध्यक्ष कमल ठकुल्लाले स्थानीय बासिन्दाको मागअनुसार बोरिङ मर्मत गरी व्यवस्थित रुपमा सञ्चालन गर्ने व्यवस्था मिलाइएको बताए । बोरिङ मर्मतसँगै त्यसको सुरक्षाका लागि पर्खाल निर्माण गर्ने कार्य गरिएको उनले बताए।

बोरिङले प्रतिसेकेण्ड छ इञ्च पानी फाल्ने गर्दछ । बोरिङ मर्मत भएपछि वडाका दुई सय बढी किसानको झण्डै ६० बिघा बढी जग्गामा सिँचाइ सुविधा पुगेको वडासदस्य मनिदत्त पन्तले बताए । स्थानीय बासिन्दाले बोरिङको पानी सिँचाइसँगै लत्ताकपडा धुने, पिउने र बस्तुभाउलाई खुवाउने कार्यमा पनि प्रयोग गर्दै आएका छन ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit