
काठमाडाैं । करिब दुईवर्षदेखि जलविद्युत कम्पनीको प्राथमिक शेयर ( आइपिओ) निष्कासन ठप्प रहेको अबस्थामा नेपाल धितोपत्र बोर्डले आज ( वैशाख १६ ) गते विकास हाइड्रो पावर कम्पनीलाई आइपीओ निष्कासन गर्नका लागि अनुमति दिएको हो । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ४४ करोड ५४ लाख कित्ता बराबरको ४४ लाख ५४ हजार कित्ता शेयर निष्कासनमा ल्याउन लागेको हो । कम्पनीको विक्रि प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले सार्वजनिक लेखासमितिको गलत निर्देशनका कारण प्राथमिक सेयर (आइपिओ) रोकिएको विषयमा विभिन्न राजनीतिक दलहरुलाई ध्यानाकर्षण गराउँदै आएका थिए । इप्पानका अध्यक्ष गणेश कार्कीले लेखासमितिले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई निर्देशन दिँदा ४२ कम्पनीको आइपिओ र ३० भन्दा बढी कम्पनीको हकप्रद सेयर गरी ५० अर्ब रूपैयाँभन्दा बढीको सार्वजनिक निष्कासन रोकिएको विषयमा विभिन्न फोरममा राख्दै आएका थिए ।
लेखा समितिले आइपिओ जारी गर्नको लागि ९० प्रतिशत रियल नेटवर्थ हुनुपर्ने निर्देशन दिएको छ। तर, इम्पानले सेबोनमा निवेदन दिएका ४२ कम्पनीमध्ये ४ वटा कम्पनी बाहेक सबैको नेटवर्थ ९० भन्दा बढी छ। बाँकी कम्पनीलाई किन सेयर जारी गर्न नदिएको भन्दै इम्पानको आपति जनाएको थियो ।
प्रतिक्रिया दिनुहोस्