काठमाडौं । लक्ष्मी ई–मोबिलिटी प्रा.लि.र जी.ओ. अटोमोबाइल्स प्रा.लि.लाई केई मोटर्सको तर्फबाट ‘मोस्ट प्रमिसिङ पार्टनर’ अवार्ड प्रदान गरिएको छ ।
चीनको यिबिन शहरमा सम्पन्न ‘केई अटो ग्लोबल बिजनेस कन्फरेन्स २०२५’ मा उक्त अवार्ड प्रदान गरिएको हो । सम्मेलनमा विश्वभरका ५० भन्दा बढी क्षेत्रीय वितरकहरूमध्ये लक्ष्मी ई.मोबिलिटी र जी.ओ.अटोमोबाइल्सलाई उत्कृष्ट वितरकको रुपमा उक्त अवार्ड दिएको हो । यी दुबै कम्पनी केई मोटर्सका लागि नेपालका आधिकारिक वितरक हुन् ।
उक्त अवार्डले नेपालमा केई मोटर्सको प्रभावकारी उपस्थिति, उल्लेखनीय वृद्धिको सम्भावना र ग्राहक सन्तुष्टिका लागि गरिएको समर्पणलाई प्रतिबिम्बित गरेको कम्पनीले जनाएको छ।
हाल यी कम्पनीहरूले नेपाली ग्राहकका आवश्यकतालाई ध्यानमा राख्दै विशेष मोडेलहरू बजारमा ल्याउने तयारी गरिरहेका छन्। अवार्ड पाएपछि लक्ष्मी ई–मोबिलिटी र जी.ओ. अटोमोबाइल्सले नेपालभर नवप्रवर्तनशील र भरपर्दो यातायात समाधान प्रदान गर्ने प्रतिबद्धता जनाए ।

















प्रतिक्रिया दिनुहोस्