Advertisement
Advertisement
Corporate Samachar
१५ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

‘नेपालको अर्थतन्त्र सकारात्मक लयतर्फ उन्मुख छ’

‘नेपालको अर्थतन्त्र सकारात्मक लयतर्फ उन्मुख छ’
विज्ञापन
Advertisement

काठमाडौं ।  उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको अर्थतन्त्र सकारात्मक लय समाउने दिशामा अघि बढिरहेको बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आज नयाँ बानेश्वर व्यापार व्यवसायी संघले आयोजना गरेको वृहत खुला रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले आर्थिक तथ्यांकहरुले देशको अर्थतन्त्र विस्तारै सुधारोन्मुख हुँदै गएको बताएका हुन् ।

सिंहले भने,’नेपालको अर्थतन्त्रका सूचकहरु बिस्तारै सकारात्मक हुँदै गएका छन् । समाचारका आधारमा मात्र नभई राष्ट्र बैंकदेखि सबैको तथ्यांक हेर्यौं भने अर्थतन्त्र लय समाउने दिशातर्फ हिँडिरहेको देखिन्छ ।’

राष्ट्र बैंकलगायत विभिन्न स्रोतका तथ्यांकहरूले अर्थतन्त्र बिस्तारै सुधारको क्रममा रहेको स्पष्ट पार्ने बताएका उनले व्यापार व्यवसायी संघले स्थानीय व्यापारीहरूको हितका लागि सक्रिय भुमिका खेलिरहेको बताए । ‘व्यापारीको हितको लागि काम गरिरहेको नयाँ बानेश्वर व्यापार व्यवसायी संघ लागेको छ । बिरामीको आकस्मिक उपचारको लागि काठमाडौं फ्रि हेल्थ क्याम्पले सहयोग गर्नेछ’ मन्त्री सिंहले भने ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit