Advertisement
Advertisement
Corporate Samachar
४ आश्विन २०८३, आईतवार
Advertisement

सिटिजन्स बैंकको कर्णालीमा रणनीतिक समीक्षा सेमिनार

सिटिजन्स बैंकको कर्णालीमा रणनीतिक समीक्षा सेमिनार
विज्ञापन
Advertisement

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कर्णाली प्रदेशमा ‘ओभरकमिङ डिस्टेन्स, डेलिभरिङ रिजल्ट्सः परफर्मेन्स एन्ड स्ट्राटेजिक ग्रोथ रिभ्यू–कर्णाली प्रोभिन्स २०८३/८४’ विषयक सेमिनार सम्पन्न गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायब प्रमुख कार्यकारी अधिकृतलगायतको उपस्थितिमा सम्पन्न सेमिनारमा गत आर्थिक वर्षको कार्यप्रगतिको समीक्षा गर्दै चालु आर्थिक वर्षको बजेट, रणनीतिक कार्ययोजना तथा प्राथमिकतामाथि छलफल गरिएको बैंकले जनाएको छ।कार्यक्रममा बैंकको केन्द्रीय कार्यालय र प्रदेशस्तरीय संरचनाबीचको सहकार्य थप प्रभावकारी बनाउने विषयमा समेत अन्तरक्रिया गरिएको थियो। बैंकले यसअघि बागमती, कोशी, मधेश र सुदूरपश्चिम प्रदेशमा पनि प्रदेशगत कार्यसम्पादन समीक्षा तथा रणनीतिक वृद्धि केन्द्रित सेमिनार आयोजना गरिसकेको जनाएको छ।

कर्णाली प्रदेशका आठ जिल्लामा बैंकका ११ वटा शाखा सञ्चालनमा छन्। प्रदेशमा बैंकिङ सेवा विस्तारसँगै व्यवसाय वृद्धि, कर्जा गुणस्तर तथा आगामी रणनीतिलाई प्रभावकारी बनाउने उद्देश्यले सेमिनार आयोजना गरिएको बैंकको भनाइ छ। बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कर्जा प्रवाह १.२४ प्रतिशतले बढेर १ खर्ब ७७ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। सो अवधिमा निक्षेप संकलन ९.२२ प्रतिशतले बढेर २ खर्ब ३३ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ। बैंकको खुद नाफा ६३.०५ प्रतिशतले वृद्धि भई २ अर्ब ९ करोड ८६ लाख रुपैयाँ पुगेको छ।

बैंकले ‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ अवार्ड प्राप्त गरेको जनाएको छ। साथै, फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ। बैंकले युवालाई लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक सेवा’ तथा फ्रिलान्सरलाई लक्षित ‘फ्रिलान्सर सेविङ अकाउन्ट’ पनि सञ्चालनमा ल्याएको छ। मोबाइल बैंकिङ एपमार्फत सेयर आवेदन तथा सीआरएन नम्बर लिन सकिने सुविधा र अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकका शाखाबाट क्यूआरमार्फत नगद प्राप्त गर्न सकिने क्रस बैंक टेलर सेवा पनि उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ।

हाल सिटिजन्स बैंकले देशभरका ६१ जिल्लामा २०० शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ६४ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit