Advertisement
Advertisement
Corporate Samachar
४ आश्विन २०८३, आईतवार
Advertisement

प्रभु महालक्ष्मी लाइफले उत्कृष्ट अभिकर्तालाई गर्‍यो सम्मान

प्रभु महालक्ष्मी लाइफले उत्कृष्ट अभिकर्तालाई गर्‍यो सम्मान
विज्ञापन
Advertisement

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना अभिकर्ताहरूको ‘कर्पोरेट क्लब एचिभर्स अवार्ड’ कार्यक्रम सम्पन्न गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

चितवनको नारायणगढमा असोज २ देखि ४ गतेसम्म सञ्चालन भएको कार्यक्रममा ज्ञान, सम्मान, मनोरञ्जन र उत्साहका विभिन्न कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रममा बोल्दै उनले उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ता तथा अभिकर्ता लिडरहरूको योगदानको उच्च मूल्यांकन गर्दै कम्पनीले सम्मान गरेको बताए।

यस्ता सम्मानले अभिकर्ताहरूमा आत्मसम्मान बढाउनुका साथै आगामी दिनमा थप व्यावसायिक सफलता हासिल गर्न प्रेरणा मिल्ने उनले बताए। अभिकर्ताहरूलाई उच्च मनोबलका साथ व्यवसाय अघि बढाउन कम्पनीको साथ र सहयोग निरन्तर रहने प्रतिबद्धता पनि उनले व्यक्त गरे। आर्थिक वर्ष २०८२/८३ को सफलताको उत्सवसँगै आर्थिक वर्ष २०८३/८४ लाई ‘तयारी, जितको वर्ष’ का रूपमा अघि बढाउँदै थप सफलता हासिल गर्न उनले सहभागीहरूलाई उत्प्रेरित गरे।

कम्पनीका नेसनल सेल्स हेड तथा नायब महाप्रबन्धक सोनबहादुर मगरले आर्थिक वर्ष २०८२/८३ को सफलताले आगामी आर्थिक वर्षमा तय गरिएको ‘तयारी, जित’ लक्ष्य हासिल गर्न थप ऊर्जा प्रदान गरेको बताए। कार्यक्रममा आचार्य राजा बाबु साहले ‘पावर अफ माइन्डसेट फर बिजनेस ग्रोथ’ विषयमा प्रशिक्षण दिएका थिए। प्रशिक्षणले अभिकर्ताहरूको व्यावसायिक क्षमता अभिवृद्धि तथा सकारात्मक सोच विकासमा सहयोग पुगेको कम्पनीले जनाएको छ।

कार्यक्रममा कम्पनीका व्यवस्थापक तथा देशभरबाट आएका करिब २०० अभिकर्ताको सहभागिता रहेको बताइएको छ। आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरूलाई कर्पोरेट क्लब अवार्ड प्रदान गरी सम्मान गरिएको थियो। प्रभु महालक्ष्मी लाइफले आफ्ना अभिकर्ताहरूको क्षमता विकास तथा उत्प्रेरणा अभिवृद्धिका लागि मोटिभेसनल, रिफ्रेसमेन्ट, सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रमहरू निरन्तर आयोजना गर्दै आएको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit