Advertisement
Advertisement
Corporate Samachar
१६ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाललाई दक्षिण एसियाको फिनटेक संवादको केन्द्र बनाउनुपर्नेमा जोड

नेपाललाई दक्षिण एसियाको फिनटेक संवादको केन्द्र बनाउनुपर्नेमा जोड
विज्ञापन
Advertisement

काठमाडौं । ‘युनियनपे नेपाल फिनटेक फेस्टिवल–२०२५’ कार्यक्रम सम्पन्न भएको छ । नेपालमा अन्तर्राष्ट्रिय स्तरको फिनटेकको विकास गर्ने उद्देश्य सहित काठमाडौं फिनटेक र फिनटेक अलायन्स नेपालको सहकार्यमा आयोजना गरिएको हो । यो कार्यक्रमले नेपाललाई विश्व फिनटेक मञ्चमा उभ्याउन सफल भएको आयोजक संस्थाहरुको भनाइ छ ।

विज्ञापन
Advertisement
Advertisement

कार्यक्रममा नेपाल तथा अन्तर्राष्ट्रिय स्तरका वित्तीय संस्था, प्रविधि कम्पनी, नियामक निकाय र फिनटेक नेतृत्व गरी करिब ४०० प्रतिनिधिहरूको उपस्थिति थियो । नेपाल फिनटेक फेस्टिवलको अवधारणा काठमाडौं फिनटेकका संस्थापक संजिव सुब्बाले ल्याएका हुन् । उनले कार्यक्रमको द्देश्य रणनीतिक संवादलाई उत्प्रेरित गर्ने, नवीनतम प्रविधिहरूको प्रदर्शनी गर्ने र नेपालमा वित्तीय क्षेत्रको डिजिटल रूपान्तरणलाई तीव्रता दिदै नेपालको फिनटेकलाई विश्व मञ्चमा दरिलो उपस्थिति गराउने रहेको बताए । । ‘कार्यक्रमको मूल उद्देश्य नेपाललाई विश्व फिनटेक नक्शामा स्थापित गर्नु हो । दक्षिण एसियामा नेपाल कार्यक्रम आयोजना गर्ने दोस्रो राष्ट्र बनेको छ।’

कार्यक्रममा नेपाल क्लियरीङ हाउस लिमिटेड (एनसीएचएल) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) निलेशमान सिंह प्रधान, मुक्तिनाथ विकास बैंकका सीईओ प्रद्युम्न पोखरेल र नेपाल बैंकर्स संघका उपाध्यक्ष सुरेन्द्रराज रेग्मीले मन्तव्य दिएका थिए ।

यस्तै, नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई डिजिटल भुक्तानीको विकासमा योगदान पुर्याएको भन्दै फिनटेक अलायन्स नेपाल र काठमाडौं फिनटेकद्वारा संयुक्तरूपमा सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा सिंगापुरस्थित डीबीएस बैंकका पूर्व चिफ इनोभेशन अफिसर नील क्रसले सफल डिजिटल र सांस्कृतिक रूपान्तरणबारे धारणा राखे ।
यस्तै, कार्यक्रमै यूनियनपे साउथ एशिया ब्रान्चका प्रमुख बिङहान हूको किनोटले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडसँग ‘कार्ड इशुएन्स’ सम्झौता समेत सम्पन्न भएको छ । कार्यक्रममा डिजिटल बैंकिङ, साझेदारी रणनीति, क्यूआर प्रणालीपछिका नविनतम फिनटेक र वित्तीय सेवामा कृत्रिम बौद्धिकता (एआई) को भूमिका विषयमा प्यानलगत रुपमा छलफल गरिएको छ । भारतस्थित सूर्योदय स्मल फाइनान्स बैंकका बोर्ड सदस्य तथा कोटक महिन्द्रा बैंकका पूर्व सीडीयो दीपक शर्माले भारतको डिजिटल बैंकिङको विकासबारे प्रस्तुती दिएका थिए ।

कार्यक्रमलाई एनएमबीका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे, नबिल बैंकका कामु प्रमुख अधिकृत मनोज घिमिरे, मुक्तिनाथ बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र ग्लोबल आईमई बैंकका डेपुटी प्रमुख सुमन पोखरेलले सम्बोधन गरेका थिए । कार्यक्रमले प्रविधि प्रदर्शनी बुथहरू, नवप्रवर्तनहरूका लाइभ डेमो र नेटवर्किङ सत्रहरू समेत सञ्चालन गरिनाका साथै सहभागीहरूलाई सहकार्य र नवप्रवर्तनसँग आपसमा जोडिन प्लेटफर्म प्रदान गरेको बताइएको छ ।

नेपाल फिनटेक फेस्टिवल–२०२५ ले नेपालालई दक्षिण एसियाली फिनटेक संवादको अग्रणी केन्द्र बनाउने दिशामा अगाडि बढाएको आयोजकको भनाइ छ ।
यो कार्यक्रमलाई नेपाल क्लियरिङ हाउसले प्रायोजन गरेको हो भने ग्लोबल फिनटेक अलायन्स, एशिया फिनटेक अलायन्स, ग्लोबल फिनटेक आयोजकको रुपमा थिए । यस्तै, फिनटेक कन्भर्जेन्स काउन्सिल, इन्टरनेशनल डिजिटल इकोनोमीज एसोसिएसन, इन्डियन फाइनान्सियल फोरम र पीएसपी एसोसिएसन लगायतका अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोग रहेका थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit