काठमाडौं । महालक्ष्मी विकास बैंकले डिजिटल बैंकिङको प्रबद्र्धन तथा डिजिटल भुक्तानीको प्रयोगलाई प्रोत्साहन गर्न हेतु सञ्चालन गरेको ‘नेपाल दसैँ अभियान २०२४’ को विजेताहरू घोषणा गरेको छ ।
डिजिटल भुक्तानीको माध्यमहरूबाट कारोबार गराउने तथा उपलब्ध डिजिटल भुक्तानीका माध्यमहरूको अधिकतम प्रयोग होस् भन्ने उद्देश्य अनुरूप उक्त अभियान सञ्चालन गरिएको थियो । अभियान अन्तर्गत महालक्ष्मी भिसा कार्ड मार्फत कारोबार गरेका विजेताहरू घोषणा गरिएको हो ।
विजेताहरु क्रमशः नारायण कार्की र सन्तोष ध्वज कार्की रहेका छन् । विजेता दुबैले माल्दिभ्सको बाली वा श्रीलंकाको कोलम्बो मध्ये कुनै एक स्थानको विशेष भ्रमण गर्ने अवसर प्राप्त गर्नेछन् ।
नेपालभर बाट उक्त अभियानमा ग्राहकहरूको उल्लेख्य सहभागिता जनाएको बैंकले जनाएको छ । अभियानबाट ग्राहकहरूको नवीनतम भुक्तानीका माध्यमहरूको प्रयोग गर्ने चाहानालाई थप अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।















प्रतिक्रिया दिनुहोस्