images images images
images images images
images
images
images

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २८औं वार्षिक साधारण सभा सम्पन्न, बीमा शुल्क आय ४ प्रतिशतले वृद्धि

images

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको २८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। आइतबार सम्पन्न साधारणसभामा कम्पनीका अध्यक्ष मनोहर दास मुलको सभापतित्वमा कम्पनीको आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणलगायत महत्वपूर्ण प्रस्तावहरू पारित गरिएको छ ।

सभामा अध्यक्ष मुलले शेयरधनीहरूलाई सम्बोधन गर्दै कम्पनीको वित्तीय प्रदर्शन, सेवा विस्तार तथा रणनीतिक योजनाबारे विस्तृत जानकारी दिए । कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा बीमा शुल्क आयतर्फ ४ अर्ब ७९ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ४ प्रतिशतले वृद्धि हो। कम्पनीको गत वर्षको तुलनामा ३१ प्रतिशतले खुद मुनाफा वृद्धि भएको जनाएको छ।

images
images

यो आवमा कम्पनीले गत वर्षको तुलनामा बढी दाबी भुक्तानी गरेको उल्लेख गरेको छ। २०७९/८० मा २ अर्ब ३८ करोड रुपैयाँ दाबी भुक्तानी गरेकोमा २०८०/८१ मा यो संख्या २ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ। उक्त रकम ४५ करोड रुपैयाँले बढी हो । यस्तै, कम्पनीले सेवा सुधार र डिजिटल प्रणालीमार्फत दाबी प्रक्रिया प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षक नियुक्ति, १५ प्रतिशत नगद लाभांश वितरण, सञ्चालक बैठक भत्ता वृद्धि र सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गरिएको रकम समेत पारित गरेको छ। सभामा १७ जना शेयरधनीहरूले आ–आफ्ना धारणा राखेका थिए।

images
images

प्रतिक्रिया दिनुहोस्