Advertisement
Advertisement
Corporate Samachar
२४ असार २०८३, बुधबार
Advertisement

नेपालको विदेशी मुद्रा सञ्चिति २४ खर्ब नाघ्यो, सार्वजनिक ऋण बराबर पुग्यो

नेपालको विदेशी मुद्रा सञ्चिति २४ खर्ब नाघ्यो, सार्वजनिक ऋण बराबर पुग्यो
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार मुलुकको विदेशी विनिमय सञ्चिति २४ खर्ब २६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ। चालु आर्थिक वर्ष २०८१ -८२ को चैत मसान्तसम्मको तथ्यांकअनुसार विदेशी सञ्चितिमा अघिल्लो वर्षको तुलनामा १८।९ प्रतिशत वृद्धि भएको हो।

विज्ञापन
Advertisement
Advertisement

२०८१ असार मसान्तमा यो सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ रहेको थियो। सोही अवधिमा अमेरिकी डलरको आधारमा मूल्यांकन गर्दा सञ्चिति १५ अर्ब २७ करोड डलरबाट बढेर १७ अर्ब ६३ करोड डलर पुगेको राष्ट्र बैंकले जनाएको छ, जुन १५.४ प्रतिशत वृद्धि हो।

यो वृद्धि दरका साथ अहिलेको कुल सञ्चितिले ९ महिनाको वस्तु आयातलाई आधार मान्दा १७.१ महिनाको वस्तु आयात र १४.२ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने क्षमता राख्ने राष्ट्र बैंकले उल्लेख गरेको छ। यो तथ्यांकले देशको विदेशी विनिमय स्थितिलाई तुलनात्मक रूपमा बलियो देखाएको छ।

यता सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार, सोही अवधिमा मुलुकको कूल भुक्तानी बाँकी सार्वजनिक ऋणको आकार करिब २६ खर्ब रुपैयाँ पुगेको छ, जसले विनिमय सञ्चिति लगभग सार्वजनिक ऋण बराबर पुगेको संकेत गर्छ।

राष्ट्र बैंकको विदेशी विनिमय सञ्चिति मात्रै २१ खर्ब ३६ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १५.६ प्रतिशतले वृद्धि भएको हो। त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरू ९राष्ट्र बैंकबाहेक० सँग रहेको सञ्चिति २९० अर्ब ३८ करोड रुपैयाँ पुगेको छ, जुन ५०।८ प्रतिशतले बढी हो।

यो वृद्धि पछाडि मुख्यतस् रेमिट्यान्स प्रवाह, आयात घट्दो प्रवृत्ति, र मौद्रिक नीतिको कडाइले योगदान दिएको अर्थशास्त्रीहरूले बताएका छन्। चैत मसान्तसम्मको कुल सञ्चितिमा भारतीय मुद्राको हिस्सा २०.४ प्रतिशत रहेको छ।

हाल विदेशी मुद्रा सञ्चितिको बलियो स्थिति र विदेशी ऋणको तुलनात्मक मापन अर्थतन्त्रका लागि सन्तोषजनक सूचक भए पनि यसलाई दीर्घकालीन रूपमा सन्तुलित राख्न र निर्यात वृद्धिमा जोड दिनुपर्ने विज्ञहरूको सुझाव छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit