Advertisement
Advertisement
Corporate Samachar
६ मंसिर २०८३, आईतवार
Advertisement
Advertisement

भुर्तेलको अर्धशतकीय इनिङ्स र सन्दीपको घातक बलिङमा नेपालको पहिलो जित

भुर्तेलको अर्धशतकीय इनिङ्स र सन्दीपको घातक बलिङमा नेपालको पहिलो जित
विज्ञापन
Advertisement

काठमाडौं । पहिलो खेलमा भारत एसँग लज्जास्पद हार बेहोरेको नेपालले राइजिङ स्टार्स एसिया कपमा पुनरागमन गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

ओपनर कुशल भुर्तेलको अर्धशतकीय इनिङ्स र कप्तान सन्दीप लामिछानेको घातक बलिङको मद्दतमा नेपालले यूएईलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो । कतारमा आइतबार भएको खेलमा यूएईले दिएको १२२ रनको सामान्य लक्ष्य नेपालले २२ ओभरमै ४ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा भुर्तेलले ब्याटिङतर्फ महत्वपूर्ण योगदान दिए । उनले ५६ बलको सामना गर्दै ६ चौका र एक छक्काको मद्दतमा ५७ रन बनाए ।

त्यस्तै मयन यादवले २७ रन जोड्दा बसिर अहमद १८ रनमा अविजित रहे। यूएईका मुहम्मद मोहसिनले दुई विकेट लिए भने उदीस सुरी र अंश टन्डनले समान एक विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएई नेपाली बलरको कसिलो आक्रमणसामु टिक्न सकेन ।टोली ३९.५ ओभरमा १२१ रनमै समेटियो । यूएईका लागि मोहम्मद शाहदादले सर्वाधिक ४० रन बनाउँदा हरप्रीत सिंह भाटियाले ३२ र नूर उल्लाह अयोबीले १२ रनको योगदान दिए । बाँकी ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

यूएईको इनिङ्स ध्वस्त पार्ने क्रममा कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले समान तीन विकेट लिए । सन्दीपले आफ्नो १० ओभरको स्पेलमा तीन मेडन राख्दै जम्मा ११ रन खर्चिएर तीन विकेट झारे। उनको किफायती बलिङ यूएईलाई सानो योगफलमा रोक्न निर्णायक बन्यो । यस्तै नन्दन यादव, रासिद खान र ललित राजवंशीले एक–एक विकेट लिए ।

शुक्रबार भारत ए विरुद्धको पहिलो खेलमा २६ रनमै अलआउट हुँदै ३०६ रनको फराकिलो हार बेहोरेको नेपालका लागि यूएईविरुद्धको जितले प्रतियोगितामा फर्किने अवसर दिएको छ। अब नेपालले आफ्नो तेस्रो खेलमा मंगलबार पाकिस्तानको सामना गर्नेछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit