Advertisement
Advertisement
Corporate Samachar
६ मंसिर २०८३, आईतवार
Advertisement
Advertisement

गरिमा रोड रेस : १० किलोमिटर दौडमा तीर्थकुमार र राज्य प्रथम, कर्पोरेटतर्फ ईश्वर र दिव्या विजयी

गरिमा रोड रेस : १० किलोमिटर दौडमा तीर्थकुमार र राज्य प्रथम, कर्पोरेटतर्फ ईश्वर र दिव्या विजयी
विज्ञापन
Advertisement

काठमाडौं। गरिमा विकास बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा आयोजित ‘गरिमा रोड रेस २०८३’ सम्पन्न भएको छ।

विज्ञापन
Advertisement
Advertisement

‘स्वस्थ जीवनशैलीका लागि खेलकुद’ भन्ने नारासहित शनिबार आयोजित प्रतियोगितामा १ हजार ४०० भन्दा बढी धावकले सहभागिता जनाएका छन्। बैंकले वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको प्रतियोगितामा खुला र कर्पोरेट गरी दुई विधाअन्तर्गत महिला तथा पुरुषका चारवटा प्रतिस्पर्धा सञ्चालन गरिएको थियो। बैंकले आफ्नो १८औँ वार्षिकोत्सवदेखि सुरु गरेको रोड रेसको यो तेस्रो संस्करण हो।

प्रतियोगिताको खुला विधामा १० किलोमिटर तथा कर्पोरेट विधामा पाँच किलोमिटर दूरी निर्धारण गरिएको थियो। खुलातर्फको दौड बैंकको केन्द्रीय कार्यालय बालुवाटारबाट सुरु भई नारायणगोपालचोक, हात्तीगौंडा हुँदै बुढानीलकण्ठ नगरपालिका–३ को कार्यालयसम्म पुगेर पुनः सोही मार्ग हुँदै बालुवाटार फर्किएर सम्पन्न भएको थियो।

त्यस्तै, कर्पोरेटतर्फको पाँच किलोमिटर दौड बालुवाटारबाट सुरु भई नारायणगोपालचोक हुँदै न्युरो अस्पताल, बाँसबारी पुगेर पुनः बालुवाटार फर्किने मार्गमा सञ्चालन गरिएको थियो। प्रतियोगिताको खुला विधामा पुरुषतर्फ तीर्थकुमार पुनले ३१ मिनेट ५० सेकेन्डमा १० किलोमिटर दूरी पूरा गर्दै पहिलो स्थान हासिल गरे । महिलातर्फ राज्य रावलले ३९ मिनेट ५४ सेकेन्डमा निर्धारित दूरी पार गर्दै उपाधि जितिन् । यसैगरी, कर्पोरेट विधामा पुरुषतर्फ ईश्वर बुढाथोकीले १९ मिनेट २८ सेकेन्डमा पाँच किलोमिटर दूरी पूरा गर्दै प्रथम स्थान हासिल गरे। महिलातर्फ दिव्या विष्टले २६ मिनेट ५७ सेकेन्डमा दौड पूरा गर्दै पहिलो भइन् ।

प्रतियोगितामा खुला विधातर्फ प्रथमदेखि पाँचौँ स्थानसम्म हासिल गर्ने धावकलाई क्रमशः ५० हजार, ३५ हजार, २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो। त्यस्तै, कर्पोरेट विधातर्फ प्रथमदेखि पाँचौँ हुने प्रतिस्पर्धीले क्रमशः ३० हजार, २० हजार, १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ प्राप्त गरेका थिए। विजेताहरूलाई नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्रसमेत प्रदान गरिएको बैंकले जनाएको छ।

कार्यक्रममा बैंकका अध्यक्ष दिलीपप्रताप खाँड, सञ्चालक समिति सदस्य, पूर्वसञ्चालक, शेयरधनी, विभिन्न संघसंस्था तथा निकायका प्रतिनिधि, स्थानीय तहका प्रतिनिधि, पत्रकार र बैंकका कर्मचारीलगायतको उपस्थिति रहेको थियो। बैंकले आफ्नो २०औँ वार्षिकोत्सव यही मंसिर ७ गते मनाउँदै छ। वार्षिकोत्सवकै अवसरमा बैंकले देशका विभिन्न नौ स्थानमा बृहत् रक्तदान कार्यक्रम सञ्चालन गर्नुका साथै विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रम आयोजना गर्ने जनाएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit