images images images
images images images
images
images
images

‘चीनले बोइङमाथिको प्रतिबन्ध हटायो’

images

काठमाडौं । बेइजिङ र वासिङ्टनले दुई शक्ति राष्ट्रबीच सुरु भएको व्यापार युद्धको तनाव कम गर्दै अस्थायी रूपमा भन्सार शुल्कहरू घटाउन सहमति जनाएपछि चीनले घरेलु एयरलाइन्सलाई नयाँ बोइङ विमान स्वीकार गर्नमाथिको प्रतिबन्ध हटाएको छ ।

गत महिना अमेरिकी विमान निर्माताले चिनियाँ एयरलाइन्सले दुवै पक्षले लगाएको भारी भन्सार शुल्कका कारण नयाँ विमानको डेलिभरी रोकेको थियो । मंगलबार ब्लुमबर्ग न्युजका अनुसार चिनियाँ अधिकारीहरूले घरेलु वाहकहरूलाई अमेरिकी–निर्मित विमानको उक्तअर्डर पुनः सुरु गर्न सक्ने बताएको उल्लेख गरेको छ । तर, बोइङले उक्त विषयमा तत्काल प्रतिक्रिया नदिएको ब्लुमबर्गले जनाएको छ ।

images
images

दुई देशले सोमबार ९० दिनका लागि भन्सार शुल्क घटाउने र वार्ता जारी राख्ने घोषणा गरेपछि यो समाचार आएको हो । वासिङ्टनले चीनबाट हुने धेरै आयातमा एक सय ४५ प्रतिशत नयाँ भन्सार शुल्क लगाएको थियो भने बेइजिङले त्यसको प्रतिकार गर्दै ‘करका विरुद्ध कर’ नीति अपनाएको थियो । जसअनुसार चीनले अमेरिकी सामानमा एक सय २५ प्रतिशत भन्सार शुल्क लगाएर जवाफ दिएको थियो ।

जेनेभामा वार्तापछि सोमबारको घोषणाले मेरिकाले ३० प्रतिशतमा कर घटाएको र चीनले आफ्नो १० प्रतिशतमा कटौती गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले परिणामलाई ‘पूर्ण पुनर्निर्धारण’ भनेका थिए । समकक्षी सी जिनपिङसँग चाँडै वार्ता हुनसक्ने बताए ।

कम्पनीले सन् २०२५ मा चीनलाई करिब ५० वटा विमान आपूर्ति गर्ने योजना बनाएको कम्पनीका प्रमुख कार्यकारी केली ओर्टबर्गले गत महिना बताएका थिए ।

यो विषयमा चीनको विदेश मन्त्रालयले कुनै आधिकारीक धारणा सावर्जनिक गरेको छैन ।

images
images

प्रतिक्रिया दिनुहोस्