Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

नागरिकका विकासका आकाङ्क्षा पूरा हुनेगरी बजेट ल्याउन माग

नागरिकका विकासका आकाङ्क्षा पूरा हुनेगरी बजेट ल्याउन माग
ljlgof]hg ljw]ossf l;4fGt / k|fyldstfdfly 5nkmn sf7df8f}F, #) j}zfvM k|ltlglw;ef a}7sdf dªunaf/ cfly{s jif{ @)*@÷*# sf] nflu ljlgof]hg ljw]ossf l;4fGt / k|fyldstf ;DaGwdf -s/ k|:tfj afx]s_ dfly 5nkmn k|f/De . tl:a/M /Tg >]i7 ÷/f;;
विज्ञापन
Advertisement

काठमाडौं । उच्च आर्थिक वृद्धिदर र नागरिकका विकास आकाङ्क्षा सम्बोधन हुनेगरी आगामी आर्थिक वर्षको बजेट ल्याइनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा आफ्ना धारणा राखेका सांसदहरुले नागरिकको मौलिक हकको कार्यान्वयन, पूर्वाधार विकास, उत्पादकत्व वृद्धि तथा रोजगारी सृजनालाई केन्द्रमा राखेर बजेट ल्याइनुपर्ने बताएका हुन् ।

बैठकमा नेपाली कांग्रेसका सांसद दीपक गिरीले दाङको टरिगाउँ विमानस्थल निर्माणका लागि तीन अर्ब ४२ करोड रुपैयाँ लागत अनुमान गरिएकाले त्यति रकम विनियोजन गर्न सरकारसँग आग्रह गरे । यस्तै, नेपाल कम्युनिष्ट पार्टी एमालेका सांसद जुली कुमारी महतोले आगामी आर्थिक वर्षको बजेटमा जनताका विकासका चाहना सम्बोधन हुनुपर्नेमा जोड दिइन् ।

उनले रासायनिक मल कारखाना स्थापना, रुग्ण र बन्द कारखाना पुनःसञ्चालन र नयाँ कारखाना स्थापनाका लागि आवश्यक बजेट व्यवस्था गर्नुपर्ने बताइन् ।

नेकपा माओवादी केन्द्रका सांसद रणेन्द्र बरालीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा दलित समुदायको उत्थानका निम्ति ठोस कार्यक्रम नल्याइएकामा रोष प्रकट गरे । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइले देशको अर्थव्यवस्थाप्रति राज्य गम्भीर नभएको अनुभूत हुने उनले बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले संविधानले प्रत्याभूत गरेका नागरिकका अधिकार सुनिश्चित हुनेगरी आगामी आर्थिक वर्षको बजेट ल्याइनुपर्ने बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद अनिसा नेपालीले राज्यको स्रोत साधनमाथि सबै नागरिकको समान पहुँचको प्रत्याभूतिको माग गरिन् ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit