images images images
images images images
images
images
images

जेठका लागि एभरेष्ट, सानिमा र नेपाल बैंकले ब्याजदर बढाए

images

काठमाडौं । वाणिज्य बैंकहरूले जेठ महिनाका लागि ब्याजदरको नयाँ सूची सार्वजनिक गरेका छन् । सार्वजनिक सूचीअनुसार अधिकांश (१४ बैंक) ले व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर यथावत राखेका छन् ।

एभरेष्ट बैंक, नेपाल बैंक र सानिमा बैंकले वैशाखको तुलनामा जेठमा ब्याजदर सामान्य बढाएका छन् । यस्तै, नेपाल इन्भेस्टमेन्ट मेगा, कुमारी र सिद्धार्थ बैंकले ब्याजदर घटाएका छन् ।

images
images

एभरेष्टले मुद्दती निक्षेपमा ०.०३ प्रतिशत बढाएर व्यक्तिगततर्फ ६.६४ प्रतिशत र संस्थागततर्फ ५.६४ प्रतिशत तोकेको छ । यस्तै, सानिमा बैंकले व्यक्तिगततर्फ ०.३८ प्रतिशत बढाएर ६.३३ प्रतिशत र संस्थागततर्फ ०.३० प्रतिशत बढाएर ४.५० प्रतिशत ब्याजदर पुर्याउँदा नेपाल बैंकको व्यक्तिगततर्फ ०.३० प्रतिशत बढाएर ५.४५ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले संस्थागतर्फको ब्याजदर स्थिर राखेको छ ।

यस्तै, कुमारीले ०.०१ प्रतिशत घटाएर व्यक्तिगततर्फ ५.९१ प्रतिशत र संस्थागततर्फ ४.९१ प्रतिशत ब्याजदर निर्धारण गर्दा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगततर्फ १ प्रतिशत घटाएर ५.५ प्रतिशतमा झारेको छ । यस्तै बैंकले संस्थागततर्फ ०.०६ प्रतिशत घटाएर ४ प्रतिशत ब्याजदर कायम गरेको छ । सिद्धार्थ बैंकले भने ०.२५ प्रतिशत घटाएर व्यक्तिगततर्फ ५.७५ प्रतिशत र संस्थागततर्फ ४. ७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

समग्रमा व्यक्तिगत मुद्दतीमा दिने औसत ब्याजदर घटेको छ । वैशाख महिनामा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ५.९७९ प्रतिशत रहेकोमा जेठ महिनामा घटेर ५.९५२ प्रतिशतमा झरेको छ ।

राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा दिने ब्याजदर र संस्थागत निक्षेपमा दिने ब्याजदरको अन्तर न्यूनतम १ प्रतिशत विन्दु कायम हुनुपर्ने व्यवस्था गरेको छ ।बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएपछि त्यसकै आधारमा बचत, निक्षेपसँगै संस्थागत निक्षेपको ब्याजदर घटाउन सक्छन् ।

हेर्नुस् सूची!

images
images

प्रतिक्रिया दिनुहोस्