images
images

लेखिका कल्पना रिजालको डाँफे लोकापर्ण

images
images
images

काठमाडौं । प्रगतिशिल साहित्यकार कल्पना रिजालद्वारा लिखित नयाँ कृति डाँफेको लोकार्पण गरिएको छ । पूर्वीय दर्शन, प्रकृति र राष्ट्रियताका विविध पक्ष समेटेर लेखिएको सो कृतिलाई एक समारोहबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आज काठमाडौंमा लोकार्पाण गरे ।

पुस्तक लोकापर्णपछि मन्त्री पन्तले राम्रो लेख्न राम्रो पाठक हुनुपर्ने धारणा राखे । पढेका र लेखिएका सबै विषय सत्य हुन नसक्ने उल्लेख गर्दै उनले प्रत्येक कृतिका फरक–फरक विशेषता हुने धारणा राखे ।

images
images

डाँफे कृतिको समिक्षा गर्दै अग्रज साहित्यकार भागिरथी श्रेष्ठले डाँफे उपन्यासको शैली र भाषा उत्कृष्ट रहेको बताइन । साहित्यकार कल्पना रिजाल सरल स्वाभाव, असल नेतृत्वकर्ता र निर्भिक व्यक्तित्व भएको उल्लेख गर्दै श्रेष्ठले डाँफे उपन्यास अध्ययन गर्दा लेखक रिजाललाई स्वतन्त्र रुपमा कमल चलाउन सक्ने साहित्यकारको रुपमा भेटेको धारणा राखिन ।

यस्तै, उपप्राध्यापक ज्ञाननिष्ट ज्ञवालीले डाँफे उपन्यासमा पूर्वी दर्शन, वैराग्य, शान्ति, प्रकृति, राष्ट्रियता लगायतका विभिन्न पक्षहरु समेटिएको हुनाले उत्कृष्ट रहेको बताए । विचारको माध्यमबाट जस्तासुकै विवादहरुको समाधान गर्न सकिने हुनाले नेतृत्वमा बस्नेहरुले देशको हितका लागि वार्तामा बस्नुनै पहिलो विकल्प हुने कुरा उपन्यासमा लेखक रिजालले देखाएको ज्ञवालीको भनाइ छ ।

पुस्तकका लेखिका रिजालले डाँफे उपन्यास नेपालको राष्ट्रिय चरो डाँफे जस्तै विविध रंग र सज्जाले भरिएको बताइन । उनले पुस्तकमा परम्परावादी नेपाली समाजदेखि आधुनिक समाजमा देखिएका सकारात्मक र नकारात्मक पक्ष, राष्ट्र, राष्ट्रियता, पूर्विय दर्शन लगायतका विभिन्न पक्षहरु समेटिएको जानकारी दिइन ।

साहित्यकार, राजनीतिज्ञ, कवि, लेखक, शिक्षक, कलाकार लगायतका झण्डै एकसय जनाको सहभागिता रहेको लोकापर्ण समारोहमा प्राज्ञ बाबा बस्नेत, इरादा गौतम लगायतले डाँफे उपन्यासका विविध पक्षमा चर्चा गरेका थिए ।

images
images

प्रतिक्रिया दिनुहोस्