काठमाडौं । बजेट घोषणा हुन निकै कम समय बाँकी रहँदा इलेक्ट्रिक गाडीप्रेमीलाई लक्षित गर्दै एमएडब्ल्यू वृद्धि मोटर्सले डोङफेङ ब्रान्ड अन्तर्गतका नामी र सेरेस गाडीका लागि ‘इज अन वालेट’ नामक विशेष अफर ल्याएको छ ।
यही जेठ ११ देखि १५ गतेसम्म नेपालभरका सबै शोरूमहरूमा लागु गरिएको यो अफर सीमित अवधिका लागि मात्र मान्य हुने कम्पनीले जनाएको छ ।
ग्राहकलाई इलेक्ट्रिक गाडीमा सहज रूपमा रूपान्तरण गराउन लक्षित गरिएको यस अफरअन्तर्गत नामी र सेरेसका विभिन्न मोडलहरू उत्कृष्ट मूल्यमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ। साथै, गाडी खरिद गर्ने ग्राहकलाई ७ किलावाट र ३.५ किलावाट क्षमताको डुअल चार्जर, एक वर्षको अटो प्लस बीमा र एक वर्षको सवारी कर निःशुल्क दिइनेछ।
अफर अन्तर्गत प्रत्येक टेस्ट ड्राइभमा विशेष उपहार, गाडी बुकिङमा माउन्टेन फ्लाइटको अवसर, र निःशुल्क एसेसरीज पनि उपलब्ध हुनेछ। यस्तै, कम्पनीले चारजना भाग्यशाली ग्राहकलाई हेलिकप्टरमार्फत अन्नपूर्ण बेस क्याम्प भ्रमण गराउने योजना पनि सार्वजनिक गरेको छ।
इच्छुक ग्राहकलाई मूल्य वृद्धिभन्दा अगाडि आफ्नो नजिकको नामी वा सेरेस शोरूम वा अधिकृत डिलरमार्फत सो अफरको फाइदा लिन कम्पनीले आग्रह गरेको छ।

















प्रतिक्रिया दिनुहोस्