Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

‘हिमालको संरक्षण हाम्रो साझा कर्तव्य हो’

‘हिमालको संरक्षण हाम्रो साझा कर्तव्य हो’
विज्ञापन
Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हिमालको संरक्षण हामी सबैको साझा कर्तव्य भएको बताएका छन् । काठमाडौंमा आज आयोजना भएको ‘अन्तर्राष्ट्रिय एभरेस्ट समिटर्स समिट–२०२५’ को उद्घाटन गर्दै उनले हिमाली संस्कृतिको संरक्षण र भविष्यका पुस्ताका लागि हिमाल सुरक्षित राख्नुपर्ने आवश्यकता औँल्याए ।

विज्ञापन
Advertisement
Advertisement

मन्त्री पाण्डेले भने, “हामी केवल संसारको शिखर चुम्नेहरूलाई बधाई दिन यहाँ आएका होइनौँ, उहाँहरूको साहस, समर्पण र दृढताप्रति सम्मान प्रकट गर्न पनि यहाँ छौँ ।” उनले शेर्पा समुदाय, पथप्रदर्शक, उद्धार टोली र हिमाली क्षेत्रमा निरन्तर खटिएर सेवा पु¥याउने सबैप्रति विशेष सम्मान व्यक्त गरे ।

“उहाँहरूको समर्पणले पर्वतीय यात्रालाई सुरक्षित, प्रकृतिप्रति संवेदनशील र अझ अर्थपूर्ण बनाएको छ”, मन्त्री पाण्डेले भने । सरकार पर्वतारोहणको प्रवद्र्धनका लागि पूर्वाधार, तालिम र वातावरणीय सुरक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको मन्त्री पाण्डेले बताउनुभयो । साथै पर्वतीय पर्यटनसँगै स्थानीय समुदायको समृद्धि र जीवनस्तरमा सुधार ल्याउन प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

मन्त्री पाण्डेले हिमालयलाई केवल भौगोलिक पर्वत नभई सभ्यता, संस्कृति र सहजीवनको सेतुका रूपमा चित्रित गर्दै भने, “यी हिमालहरू पवित्र छन् र तिनीहरूलाई सुरक्षित राख्नु हाम्रो साझा जिम्मेवारी हो ।” जलवायु परिवर्तन र ‘ग्लोबल वार्मिङ’का कारण हिमाली भविष्य सङ्कटमा परेको उल्लेख गर्दै उनले हिमालहरुको संरक्षण आवश्यक भैसकेको बताए । “अब समय आएको छ, हामीले सावधानी, बुद्धिमत्ता र सम्मानपूर्वक यी हिमालहरूको संरक्षण गर्न आवश्यक छ ।” उनले सम्मेलनका क्रममा स्वदेशीदेखि विदेशी पर्वतारोहीलाई सम्मानसमेत गरेका थिए।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले नेपालको शान र पहिचानका रुपमा रहेको सगरमाथासहितका हिमाल आरोहणमार्फत साहसिक गन्तव्यको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङले पर्वतीय पर्यटन प्रवद्र्धनका साथै नेपाललाई साहसिक गन्तव्यका रुपमा स्थापित गर्न कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गरे ।

सगरमाथा आरोही सङ्घका अध्यक्ष डम्बर पराजुलीले विश्वभरका सगरमाथा आरोहीहरुको हौसला, प्रतिष्ठा र गौरव बढाउन समिट सान्दर्भिक हुने बताए । अन्तर्राष्ट्रिय सगरमाथा आरोहीहरुको विशेष जमघट ‘अन्तर्राष्ट्रिय एभरेस्ट समिटर्स समिट–२०२५’ पहिलो पटक काठमाडौंमा आज आयोजना गरिएको हो । एभरेस्ट एलायन्स नेपालले आयोजना गरेको समिटमा २५ देशका ३०० भन्दा बढी अनुभवी पर्वतारोहीको सहभागिता रहेको छ । सम्मेलनमा नेपालका साथै विश्वका विभिन्न देशबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सगरमाथा आरोहीको विशेष जमघट रहेको छ । सम्मेलनमा भारत, चीन, अमेरिका, पाकिस्तान, बेलायत, इटाली, नर्वे, इरान, सिङ्गापुर, अस्ट्रेलिया, लेबनान, मोरक्को, युएईलगायतका मुलुक सहभागी छन् ।

एभरेस्ट एलायन्स नेपालका अध्यक्ष सुदर्शन नेपालले साहसिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताए । उनका अनुसार सम्मेलनले पर्वतारोहण विज्ञ, नीति निर्माता, संरक्षणविद्, पर्यटन सरोकारवाला, हिमाली क्षेत्रका स्थानीयलगायत पर्यटन व्यवसायी, शेर्पा, ट्रेकर तथा पर्वतीय संस्कृतिलाई प्रतिनिधित्व गर्ने समुदायलाई एउटै मञ्चमा ल्याई दिगो पर्यटन प्रवर्द्धन, हिमाली वातावरणीय संरक्षण र स्थानीय समुदायको उत्थानबारे अन्तर्राष्ट्रिय सहकार्यका लागि छलफल गर्ने अवसर प्रदान गर्ने उनको भनाइ छ । एभरेस्ट समिटियर्स समिटको मुख्य विशेषता विश्वभरका सगरमाथा आरोहण सम्पन्न गरेका आरोहीलाई एउटै मञ्चमा भेला गराई प्रेरणादायी यात्राका कथा, सफलताको अनुभूति, सङ्घर्षका क्षणहरू र सिकाइका पाटा प्रस्तुत गर्ने रहेको छ ।

सन् १९५३ मा सर एडमन्ड हिलारीसँगै पहिलो पटक सगरमाथा आरोहण गरेका सदस्य कान्छा शेर्पालाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । कीर्तिमानी आरोही मिङ्मा शेर्पा, हरिबहादुर बुढालगायतलाई सम्मान गरिएको थियो । ‘सगरमाथा हाम्रो गौरव, पहिचान र अब हाम्रो जिम्मेवारी हो’ भन्ने सन्देशसहित यो सम्मेलनले हिमालमा बढ्दो पर्यावरणीय सङ्कट, जिम्मेवार पर्वतारोहण अभ्यास र अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकताप्रति ध्यानाकर्षण गराउने विश्वास लिइएको छ ।

सम्मेलन नेपाललाई सुरक्षित तथा दिगो पर्वतारोहण गन्तव्यका रूपमा स्थापित गर्न, वातावरण संरक्षण प्रवर्द्धन गर्न र अन्तर्राष्ट्रिय सञ्जाललाई मजबुत बनाउन महत्वपूर्ण रहने आयोजकको विश्वास छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit