Advertisement
Advertisement
Corporate Samachar
१९ असार २०८३, शुक्रबार
Advertisement

अन्तरिम आदेश माग गर्दै गभर्नर पौडेलविरुद्ध परेको रिट न्यायाधीश मुसलमानको इजलासमा

अन्तरिम आदेश माग गर्दै गभर्नर पौडेलविरुद्ध परेको रिट न्यायाधीश मुसलमानको इजलासमा
विज्ञापन
Advertisement

काठमाडौं ।  नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतका परेको रिट न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा परेको छ ।

विज्ञापन
Advertisement
Advertisement

अधिवक्ताहरू अनन्तराज लुइँटेल, विशाल थापा र प्रतीभा उप्रेतीले पौडेलको नियुक्ति कानुनसम्मत नरहेकोले भन्दै शुक्रबार सर्वोच्च अदालत प्रशासनमा खारेजीका लागि रिट निवेदन दिएका थिए । उक्त रिट मंगलबार दर्ता भएको थियो ।

उनीहरूले पौडेललाई गभर्नर नियुक्त गर्ने सिफारिस र नियुक्ति दुवै गैरकानुनी रहेको दाबी गरेका छन् । रिटमा मुद्दाको टुंगो लाग्न समय लाग्ने भएकोले गभर्नर पौडेलले नयाँ नोटमा हस्ताक्षर गर्ने लगायतका गम्भीर राष्ट्रिय महत्वको विषयमा असर पर्नेगरी दूरगामी कार्य सम्पादन नगर्नु नगराउनु भनी विपक्षीका नाममा अन्तरिम आदेश माग गरिएको छ ।

यस्तै, पौडेललाई ‘म्याच फिक्सिङ’ शैलीमा नियुक्ति दिएर सुशासनको धज्जी उडाएको दाबी गरिएको छ । रिटकर्ताले अन्तरिम आदेश माग गरेको उक्त रिट मुसलमानको इजलासमा सातौँ नम्बरमा परेको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit