images images images
images images images
images
images
images

इलेक्ट्रिक ह्वील लोडरको ‘एसडीएलजी’ अन्तर्गत नयाँ मोडल सार्वजनिक

images

काठमाडौं । एक्सप्लोर अर्थ मुभर्स प्रा.लि.ले नेपालको पहिलो इलेक्ट्रिक ह्वील लोडरको एसडीएलजी अन्र्तगत नयाँ मोडल सार्वजनिक गरेको छ ।

पन्चकन्या ग्रुप अन्तर्गतको एक्सप्लोर अर्थ मुभर्सले प्रधान कार्यालय ललितपुरस्थित कृष्णगल्ली परिसरमा एक कार्यक्रमका SDLG L936HEV मोडल अन्तर्गतको नयाँ मेसिन सार्वजनिक गरेको हो । उक्त मेसिनले वातावरणमा न्यूून हानी पुर्याई विद्युतीय उर्जाको आन्तरिक खपथलाई बढाउन मद्दत पुग्ने कम्पनीले विश्वास छ ।

images
images

नेपालमा पहिलो पटक सार्वजनिक गरिएको यो इलेक्ट्रिक ह्वील लोडर वातावरणमैत्री, कम ऊर्जा खपत गर्ने प्रविधिको उत्कृष्ट उदाहरण रहेको कम्पनीले जनाएको छ । अत्याधुनिक इलेक्ट्रिक ड्राइभ प्रणाली सहितको SDLG 936HEV मा रहेको आधुनिक ब्याट्री प्रविधि र स्मार्ट ऊर्जा व्यवस्थापन प्रणालीको कारण लोडरले लामो समयमा न्यून मर्मत लागत र न्यून आवाजमा काम गर्ने कम्पनीको भनाइ छ ।

यसको प्रयोगले सहरभित्र गरिने निर्माण कार्यहरू सहज हुनाका साथै औद्योगिक स्थलहरू र पर्यावरणीय संवेदनशील क्षेत्रमा प्रयोगका लागि उपयुक्त रहेको, शून्य उत्सर्जन, उत्कृष्ट ऊर्जा दक्षता, मजबूत प्रदर्शन तथा कम मर्मत खर्च लाग्ने कम्पनीको दाबी छ ।

१८०.५ kWh (५२१ V) CATL लिथियम आयरन फस्फेट (LiFePO₄) ब्याट्री , ६० kW नियमित / ९० KW मोटर  तथा १.५ – ३.० m³ (स्ट्यान्डर्ड २.१ m³ GP बकेट क्षमता SDLG L936HEV को प्रमुख विशेषताहरु हुन् ।

 

 

 

 

images
images

प्रतिक्रिया दिनुहोस्