Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

मैले गृहमन्त्रीको अड्डी कस्या पनि होइन हिजो भनेको कुरालाई फेरेको पनि छैन : गृहमन्त्री लेखक

मैले गृहमन्त्रीको अड्डी कस्या पनि होइन हिजो भनेको कुरालाई फेरेको पनि छैन : गृहमन्त्री लेखक
विज्ञापन
Advertisement

काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफू अन्यायमा परेको गुनासो गर्दै न्याय माग गरेका छन् । बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै मन्त्री लेखकले आफू भिजिट भिसा प्रकरणमा संलग्नता नरहेको भन्दै उल्टो न्याय पाउनुपर्ने माग गरेका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

उनले आफूमाथि नियोजित रुपमा प्रहार भैरहेको उल्लेख गर्दै उनले भने, ‘मैले कसैका प्रति असम्मान गर्नु छैन । आग्रह पूर्वाग्रह राख्न परेको छैन । न्याय त मैले पनि पाउनुपर्ने होला नि ?,’ गृहमन्त्री लेखकले भनेका छन्, ‘कि म न्याय नपाउनुपर्ने नागरिक हो यो देशको? मेराविरुद्ध कतै उजुरी छ ? मेराविरुद्ध कहिँ छानबिन भइरहेको छ? तर, मैले न्याय त माग्न पाउनुपर्ला नि ।’
उनले आफूविरुद्ध नियोजित प्रहार भएको बताएपछि प्रत्रकारले कस्ले गरिरहेको छ नियोजित प्रहार ? भन्ने प्रश्नमा जवाफ दिँदै भने, मेराविरुद्ध जुन ढंगले हुँदै नभएको र गर्दै नगरेको काम जसरी आरोपित गर्ने काम भएको छ । जसरी प्रचार भएको छ । यसले नै देखिँदैछ, कसले गर्न खोज्दैछ भन्ने!
यस्तै उनले गृहका कर्मचारीमाथि छानबिन हुँदा मन्त्रीले राजीनामा दिन नपर्ने तर्क राखे । उनले अघिल्ला सरकारका गृहमन्त्रीहरुले माथि प्रश्न उठेकै भरमा राजीनामा नदिएको उल्लेख गर्दैै राजीनामाको थिति बसाल्न नहुने टिप्पणी गरे ।

लेखकले भने, ‘मैले फेहरिस्त पनि सुनाइसकेँ । एकजना कर्मचारीमाथि अख्तियारले अनुसन्धान गर्दा विभागीय मन्त्रीले राजीनामा गर्ने हो भने एक वर्षमा यो देशमा कति मन्त्री चाहिएला ? कति हजार मन्त्री तयार हुनुपर्ने हो? यो थिति ठिक हो? यही थिति बसाल्न खोजिएको हो ?’ सञ्चारकर्मीले  अनुसन्धानलाई सघाउन मार्ग प्रशस्त गर्न किन कठिन भएको भन्ने प्रश्नमा उनले जवाफ दिँदै भने,‘अहिलेसम्म यतिका मन्त्रीले छोड्नुभयो प्रलय भनएन, म पनि सधैं सरकारमा बस्छु भन्या छैन ।’ उनले भने, ‘मैले पनि एक दिन छोड्ने हो, तर बस्ने र छोड्ने कुराका केही आधारभूत कुराहरु होलान् नि त? मैले गृहमन्त्रीको अड्डी कस्या पनि छैन हिजो भनेको कुरालाई फेरेको पनि छैन । त्यो र यो परिवेशका बीचमा आधारभूत अन्तर छ ।’

यस्तै, उनले कर्मचारीमाथि भएको छानबिनको आधारमा मन्त्रीले राजीनामा दिनुपर्ने विधि स्थापित गर्न नहुने दोहोर्याउँदै प्रतिप्रश्न गरे । लेखकले भने, ‘कर्मचारीमाथि अनुसन्धान गर्ने क्रममा मन्त्रीले मन्त्रीले राजीनामा गर्दै जाने विधि र पद्दती स्थापित गर्ने हो ? त्यसरी शासन व्यवस्था, राज्य व्यवस्था चल्छ ?’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit