काठमाडाैं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई ‘झोले’ भन्न आपत्ति नरहेको जनाएका छन्। सामाजिक सञ्जाल तथा सार्वजनिक बहसमा व्यक्त हुने टिप्पणीप्रति प्रतिक्रिया दिँदै उनले ‘म झोले हुँ’ भन्दै आफ्नो राजनीतिक प्रतिबद्धता स्पष्ट पारेका हुन्।
ओलीले भने, ‘हिजोआज एउटालाई भगवान बनाउनु पर्यो भने सामूहिकतामा विश्वास राख्नेहरुलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भीडमा बदलिन्छ। भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ।’
उनले सामाजिक सञ्जालमा कुनै व्यक्तिलाई ‘झोले’ भन्दै खेदिएर सत्य ढाक्न खोजिनु गलत भएको बताए। ‘सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौं,’ ओलीको भनाइ थियो।
प्रधानमन्त्री ओलीले विचार र संगठनप्रति निष्ठावान् व्यक्तिहरूलाई बदनाम गर्ने क्रमले लोकतान्त्रिक समाजमा नकारात्मक असर पार्ने उल्लेख गरे। ‘सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनु पर्छ, उनले भने।
उनको भनाइ केही समयदेखि सामाजिक सञ्जालमा देखिएको ध्रुवीकरण र व्यक्तिवादी प्रचारको सन्दर्भमा आएको हो। ओलीले व्यक्तिगत विचार र पार्टी निष्ठालाई उपहास गर्ने प्रवृत्तिबाट सचेत रहन आग्रह गरे।














प्रतिक्रिया दिनुहोस्