Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

यातायात व्यवसायी र सरकारबीचको वार्ता विफल, अनिश्चितकालीन बन्द यथावत

यातायात व्यवसायी र सरकारबीचको वार्ता विफल, अनिश्चितकालीन बन्द यथावत
विज्ञापन
Advertisement

काठमाडौं । गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’ नीतिको विरोधमा रहेका यातायात व्यवसायी र सरकारबीचको वार्ता आज पनि निष्कर्षविहीन बनेको छ। व्यवसायीहरूले आफ्ना माग पूरा नभएसम्म अनिश्चितकालीन बन्द यथावत् राख्ने अडान दोहोर्याएका छन्। आज मात्रै दुई पटक सरकार र यातायात व्यवसायीबीच छलफल भएको थियो। तर, दुवै पक्ष कुनै सहमतिमा पुग्न नसकेपछि आन्दोलनको अवस्था कायमै रहेको छ।

विज्ञापन
Advertisement
Advertisement

यातायात व्यवसायी महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले सरकारको राइड सेयरिङ नीति तत्काल स्थगन नगरेसम्म आन्दोलन फिर्ता नहुने स्पष्ट पारे। उनले भने, “हामीले नीति खारेज गर्न माग गरेका थियौं। अहिले एक कदम पछाडि हटेर कम्तीमा स्थगन गर्न भनेका हौं। सरकारले वार्ता समिति गठन गरेर छलफल अघि बढाउने प्रारम्भिक सहमति भएको छ, तर जबसम्म सरकारको तर्फबाट औपचारिक निर्णय आउँदैन, हामी आन्दोलन फिर्ता लिंदैनौं।”

सोमबार गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखक र सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिका पदाधिकारीबीच तीन घण्टा लामो छलफल भएको थियो। छलफलमा प्रदेश सरकारको निर्णयबारे पुनर्विचार गर्न र आन्दोलनलाई पनि व्यवस्थापन गर्ने दिशामा अघि बढ्न सहमति खोजिएको थियो।

आजको छलफलमा ११ सदस्यीय वार्ता समिति गठन गर्ने सहमति भएको छ, जसमा यातायात क्षेत्रबाट ४ र अन्य मन्त्रालयबाट ७ जना रहनेछन्। छलफल आजैबाट सुरु हुने जनाइएको छ। तर, समाधान नआएसम्म आन्दोलन जारी रहने व्यवसायीहरूको भनाइ छ। उनीहरू विशेषगरी गण्डकी प्रदेश सरकारको ‘राइड सेयरिङ’ सम्बन्धी निर्णयको कडा विरोध गरिरहेका छन्। आज देशभरि नै सार्वजनिक यातायात ठप्प छ, जसले सर्वसाधारणको जनजीवन प्रभावित भएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit