Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

‘बजेट कार्यान्वयन र सुशासनलाई क्रियाशील र व्यवस्थित बनाउनुपर्छ’

‘बजेट कार्यान्वयन र सुशासनलाई क्रियाशील र व्यवस्थित बनाउनुपर्छ’
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले बजेट कार्यान्वयन र सुशासनको पाटोलाई क्रियाशील र व्यवस्थित बनाउन सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

आजको बैठकमा सांसदहरूले राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्दै बजेटले निम्न वर्गीय तथा पछाडि पारिएका वर्गलाई सम्बोधन गर्न नसक्ने प्रतिक्रिया दिए ।

छलफलमा सहभागी सांसद नरबहादुर विष्टले जनता केन्द्रित भएर बजेट आउने अपेक्षा गरिएकामा त्यसो हुन नसकेको धारणा राखे । उनले भने, “गरिब, दलित, निम्नवर्गीयलाई सम्बोधन गर्नेगरी बजेट आउन सकेको छैन । निजीकरणलाई बढी प्राथमिकता दिइएको छ ।”

सांसद राधेश्याम पासवानले तल्लो वर्ग, गरिब, मजदुर तथा किसानलाई सम्बोधन गर्नेगरी बजेट आउन नसकेको बताए । उनले भने, “संविधानले कल्पना गरेको व्यवस्थाअनुसार अघि बढ्न सकेका छैनौँ । लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न सकेका छैनौँ । अर्थतन्त्र कसरी चलायमान बनाउने त? विभिन्न शीर्षकमा राजस्व छली भएकाले पनि अर्थतन्त्र शिथिल भइरहेको छ ।”

सांसद विष्णुकुमारी सापकोटाले वास्तिवक तथा यथार्थपरक बजेट आएकाले पूर्ण रूपमा समर्थन गर्दै भने, “सरकारले बजेट कार्यान्वयन र सुशासनको पाटोलाई भने क्रियाशील र व्यवस्थित बनाउनमा ध्यान केन्द्रित गर्ने आशा गर्दछु ।” उनले सरकारले लगानीको वातावरण बनाएर सुरक्षाको प्रत्याभूति दिन नसकेको भन्दै दक्ष जनशक्ति विदेशिनु पर्ने बाध्यता हटाउन सरकारलाई विशेष योजना कार्यान्वयनका लागि ध्यानाकर्षण गराए ।

सांसद इन्दिरादेवी गौतमले समग्रमा विगतका वर्षभन्दा आगामी आर्थिक वर्षका लागि आर्थिक गतिविधि चलायमान र भरोसायोग्य बजेट आएको बताए । उनले सुदृढ अर्थतन्त्रको निर्माण, सार्वजनिक वित्त सन्तुलन, बजेट अनुशासन, व्यवसायीमैत्री वातावरणको सिर्जना, निजी क्षेत्रको लगानी प्रवर्द्धन, नागरिकमैत्री सेवा प्रवाह, सुशासनलगायत महत्त्वपूर्ण सिद्धान्त र प्राथमिकतालाई सम्बोधन गर्नेगरी यो बजेट आएको उल्लेख गर े। यस्तै उनले चालु आवको राजस्व सङ्कलन गर्न व्यापरिक गतिविधि बढाउने र चोरीपैठारी नियन्त्रणतर्फ ध्यान दिन सके लक्ष्य भेट्न सकिने धारणा राखे ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit