Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

विधेयक कहिले आउँछ भनी कुरेर बसेका छौँः अध्यक्ष दाहाल

विधेयक कहिले आउँछ भनी कुरेर बसेका छौँः अध्यक्ष दाहाल
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधिसभा नीति निर्माण गर्ने महत्वपूर्ण थलो भएकाले जनचाहना र भावनाअनुरुप अघि बढनुपर्ने बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

अध्यक्ष दाहालले प्रतिनिधिसभा सञ्चालन नहुँदा सङ्घीयता र संविधान कार्यान्वयनसँग जोडिएका सङ्घीय निजामती, प्रहरी, विद्यालय शिक्षाजस्ता अति महत्वपूर्ण विधेयक अगाडि बढ्न नसकेको प्रतिक्रिया दिए ।

अध्यक्ष दाहालले भने, “महत्वपूर्ण विधेयक प्रतिनिधिसभामा थन्किएका छन्, हामी त्यता कहिले आउँछन् र छलफल गरौला भनी हेरेर बसेका छौँ । त्यो सभा छिटो चल्दिए हुन्थ्यो भन्ने हाम्रो चाहना र भावना हो ।”

विगतमा जस्तो प्रतिनिधिसभा अवरुद्ध हुँदा राष्ट्रियसभा पनि नचल्ने प्रवृतिलाई रोकिएको बताउँदै अध्यक्ष दाहालले भने, “राष्ट्रियसभाले संविधानमा गरेको परिभाषा र दिएको अधिकार बमोजिम मेहनतकासाथ काम गरेकाले हिजोका गलत अभ्यास छाडिएका हुन् ।”

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit