Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

सुनचाँदीका गहनामा लगाइएको विलासिता कर खारेजीको माग गर्दै व्यवसायीहरु प्रर्दशनमा

सुनचाँदीका गहनामा लगाइएको विलासिता कर खारेजीको माग गर्दै व्यवसायीहरु प्रर्दशनमा
विज्ञापन
Advertisement

काठमाडौं । सुनचाँदीका गहनामा लगाइएको २ प्रतिशत विलासिता कर खारेज गर्न माग गर्दै सुनचाँदी व्यवसायीहरुले प्रदर्शन गरेका छन् । सुनचाँदीमा सरकारले लगाएको करका विरुद्ध सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिको अगुवाइ व्यवसायीहरुले आज न्युरोड गेटदेखि इन्द्रचोक डबलीसम्म र्यालीसहित आन्दोलन गरेका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

कानुले सुनलाई नगदसरहको सम्पत्तिको मान्यता दिएकाले सरकारद्वारा सुनमा लगाइएको २ प्रतिशत विलासी शुल्क खारेज हुनुपर्ने संघर्ष समितिको माग छ । उनिहरुले हिरा, जवहरातमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर खारेज गरेर पहिलेकै व्यवस्था कायम गरिनुपर्ने, सानो परिमाणमा ५० ग्राम र १०० ग्रामका सुनका टुक्राहरू खुल्ला रूपमा स्थायी लेखा नम्बर र कर चुक्ता प्रमाणपत्रको आधारमा व्यवसायीले खरिद गर्ने व्यवस्था मिलाइनुपर्ने लगायतका विभिन्न मग राखेका छन् ।

सरकारले अगामी आर्थिक वर्षको बजेटमार्फत सुनचाँदीका गहनामा दुई प्रतिशत विलासिता कर लाग्ने घोषणा गरेको थियो । विगतमा १० लाखभन्दा माथिका सुनका गहनामा मात्रै विलासिता शुल्क लाग्ने व्यवस्था थियो । तर, अब जुनसुकै मूल्यका सुन वा सुनका गहनामा विलासिता शुल्क मा २ प्रतिशतको विलासिता शुल्क तिर्नुपर्ने हुन्छ । यसले सुन वा सुनका गहनामा कम्तीमा ६ प्रतिशतको विलासिता शुल्क तिर्नुपर्ने अवस्था सिर्जना गरेको भन्दै व्यवसायीहरु रुष्ट बनेका छन् ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit