Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

दोहोरो अंकले घट्यो नेप्से, बढ्यो कारोबार

दोहोरो अंकले घट्यो नेप्से, बढ्यो कारोबार
विज्ञापन
Advertisement

 काठमाडाैं। साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेर २ हजार ६२९.८९ विन्दुमा आइपुगेको छ ।
नेप्से सूचक निरन्तर घटिरहेको छ । नयाँ गभर्नर नियुक्त भएदेखि नै नेप्से सूचक निरन्तर घटिरेहेको हो । यो दिन नेप्से सूचक घटेपनि कारोबार रकम भने बढेको छ । धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका १ करोड ९९ लाख कित्ता शेयर किनबेचहुँदा ९ अर्ब १३ करोड रुपैयाँको कारोबार भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

८६ वटा कम्पनीको शेयर मूल्य बढ्दा १६२ वटा कम्पनीको शेयर मूल्य घटेका छन् । सर्वाधिक कारोबार हुने कम्पनीमा राधि विद्युत कम्पनी,युनिर्भसल पावर कम्पनी, न्यादी ग्रुप पावर, बुटवल पावर कम्पनी रहेको छ । रिभरफल्स पावर,पियोर इनर्जी,चमेली हाइड्रो पावर कम्पनी,च्याङ्दी हाइड्रो पावर र हिमालयन पावर पार्टनरको शेयर मूल्य ७.९५ प्रतिशतले बढेको छ । घटेको बजारमा ओम मेगाश्री फार्मास्यूटिकल्स, नेपाल माइक्रो इन्स्योरेन्स, समाज लघुवित्त वित्तीय संस्था, ग्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य ६.८० प्रतिशतले घटेको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit