Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

२७०४ को बिन्दुमा झर्यो बजार, सवा चार अर्बको कारोबार

२७०४ को बिन्दुमा झर्यो बजार, सवा चार अर्बको कारोबार
विज्ञापन
Advertisement

काठमाडौं । यो साताको पहिलो कारोबार दिन सोमबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। पछिल्लो समय निरन्तर ओरालो लागिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ३४.६३ अंकले घटेर २७ सय ०४ बिन्दुमा झरेको छ।

विज्ञापन
Advertisement
Advertisement

योसँगै बजार लगातार राताम्मे बन्ने क्रम जारी छ । अघिल्लो मंगलबार, बुधबार र बिहीबार पनि घटेको बजार सार्वजनिक बिदाका कारण शुक्रबार बन्द थियो । आज कारोबारमा आएका २७ कम्पनीको शेयर मूल्य बढ्दा २४० कम्पनीको शेयर मूल्य घटेको छ। २ कम्पनीको मूल्य भने स्थिर रह्यो ।

सोमबार ३४१ कम्पनीको १ करोड कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। फर्वाड माइक्रोफाइनान्सको शेयर मूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै कारोबार आज एनआरएन इन्फ्राइस्ट्रक्चरको भएको छ । एनआरएनको ३१ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

साथै रिलाइन्स स्पिीनिङको १७ करोड, नेसनल हाइड्रो पावरको १५ करोड ५४ लाख, आँखु खोलाको १५ करोड १८ लाख र एनआइसी एसिया बैंकको ११ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज माइक्रोफाइनान्सबाहेक सबै समूहका सूचक घटेका छन् । आज जलविद्युत्, विकास बैंक र उत्पादन २ प्रतिशतभन्दा धेरै घटेका छन् । बैंकिङ ०.८६, विकास बैंक २.१४,फाइनान्स ०.९६ प्रतिशतले ओरालो लागेको छ । यस्तै, होटल तथा पर्यटन १.३५, लगानी १.३६, जीवन बीमा ०.४९, उत्पादन तथा प्रशोधन २.५४, निर्जीवन बीमा ०.९३, अन्य ०.५० तथा व्यापार १.३८ प्रतिशतले घटेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit