Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

विदेशी मुद्रा सञ्चिति २५ खर्ब रुपैयाँ नाघ्यो, बैशाखमा मात्रै भित्रियो हालसम्मकै उच्च १ खर्ब ६५ अर्ब रेमिट्यान्स

विदेशी मुद्रा सञ्चिति २५ खर्ब रुपैयाँ नाघ्यो, बैशाखमा मात्रै भित्रियो हालसम्मकै उच्च १ खर्ब ६५ अर्ब रेमिट्यान्स
विज्ञापन
Advertisement

काठमाडौं । विदेशी मुद्रा सञ्चिति २५ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा कुल विदेशी विनिमय सञ्चिति २५ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ ।

विज्ञापन
Advertisement
Advertisement

तथ्यांक अनुसार एक महिनाको अवधिमा मात्रै नेपालमा १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो सँगै २०८२ वैशाखमा मात्र विप्रेषण आप्रवाहले नयाँ कीर्तिमान बनाएको छ ।

यसअघि एकै महिनामा फागुन २०८१ मा सबैभन्दा धेरै १ खर्ब ५१ अर्ब २० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएर कीर्तिमान बनेको थियो । फागुनको उक्त कीर्तिमान वैशाखमै तोडिएको हो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको सञ्चिति वैशाखसम्ममा २०.५ प्रतिशतले वृद्धि भई १८ अर्ब ४० करोड पुगेको छ । तुलनात्मक रुपमा हेर्ने हो भने गत असारमा १५ अर्ब २७ करोड अमेरिकी डलर रहेको थियो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति १९.६ प्रतिशतले वृद्धि भई २२ खर्ब ११ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । गत ०८१ असार मसान्तमा राष्ट्र बैंकसँग १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ विदेशी विनिमय सञ्चिति थियो ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) अन्यसँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा २०८२ वैशाख मसान्तमा ५६.८ प्रतिशतले वृद्धि भएको छ । तथ्यांक अनुसार ३ खर्ब १ अर्ब ८३ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थासँग रहेको छ ।

आर्थिक वर्ष २०८१/८२ को १० महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १७.४ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने तथ्यांकले देखाएको छ ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit