images images images
images images images
images
images
images

शोधनान्तर स्थितिमा एक खर्बको सुधार, ४ खर्ब ३८ अर्ब बचतमा

images

काठमाडौं । चालु आर्थिक वर्षको १० महिना अर्थात् वैशाखसम्ममा शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्ब ५२ करोडले बचतमा रहेको छ । देशबाट बाहिरिने विदेशी मुद्राको तुलनामा भित्रिने रकम (रेमिट्यान्स) बढी हुँदा देशको शोधनान्तर स्थिति निरन्तर सुधारिँदै गएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार २०८१/८२ को १० महिनामा शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्ब ५२ करोड रुपैयाँले बचतमा छ ।

images
images

अघिल्लो वर्षको सोही अवधिमा बैंकको शोधनान्तर स्थिति ३ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँले बचतमा रहेको थियो । चालु आवको यो अवधिमा अमेरिकी डलरमा ३ अर्ब २३ करोडले शोधनान्तर स्थिति बचतमा रहेको राष्ट्र बैंकको तत्थांकले देखाएको छ । अघिल्लो वर्ष भने २ अर्ब ९४ करोड बचतमा थियो ।

यसैगरी, यस अवधिमा चालु खाता २ खर्ब ५५ अर्ब ९३ करोड रुपैयाँ बचतमा रहेको छ । अघिल्लो वर्षको समीक्षा अवधिमा चालु खाता १ खर्ब ९३ अर्ब ३१ करोड रुपैयाँले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष १ अर्ब ४५ करोडले बचतमा रहेको चालु खातामा २४ करोड रुपैयाँले बढेर यस वर्ष १ अर्ब ८९ करोडले बचतमा रहेको देखिएको छ ।

खुद पूँजीगत ट्रान्सफर यो अवधिमा ८ अर्ब ४८ करोड रुपैयाँको हुँदा १० महिनामा १० अर्ब ६० करोड प्रत्यक्ष वैदेशिक लगानी नेपाल भित्रिएको छ । शोधनान्तर खाताले चालु खाता र पुँजी तथा वित्तीय खातामा विदेशमा रहेका व्यक्ति तथा संस्थासँग भए/ गरिएको कारोबारलाई जनाउँदछ ।

images
images

प्रतिक्रिया दिनुहोस्