images images images
images images images
images
images
images

सकारात्मक मौद्रिक नीतिको अपेक्षामा उत्साहित देखिए शेयर लगानीकर्ता

images

 काठमाडाैं । चारदिनसम्म  लगातार घटेर सोमबारबाट सुधार देखिएको  नेप्से परिसूचक मंगलबार पनि कायमै रह्यो । सोमबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिका आवश्यक सुझाव माग्न थालेसँगै मौद्रिक नीतिमाथि विभिन्न चरणमा छलफल र बहस हुन थालेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर देशदौडाहामा निस्किएर सोही अनुसार बुझेर मौद्रिक नीति ल्याउने पक्षमा देखिएका छन् ।जसले लगानीकर्ताहरुलाई नयाँ आशाको सञ्चार गराएको छ ।

सकारात्मक मौद्रिक नीतिको अपेक्षाका बीच लगानीकर्ताहरु विस्तारै लगानी बढाउन थालेका छन् ।यो दिन नेप्से सूचक बढेसँगै कारोबार रकम पनि बढेको छ । मंगलबार नेप्से सूचक २५.०७ अंकले बढेर २ हजार ६७८.१७ विन्दुमा आइपुगेको छ ।

images
images

यो दिन ३११ कम्पनीको शेयर २ करोड ३६ लाख कित्ता शेयर किनबेचहुँदा १० अर्ब १६ करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट, अरुणकाबेली पावर,राधि विद्युत कम्पनी,सानिमा माई हाइड्रो पावर र न्यादी ग्रुप पावरको ४२ करोड ५८ लाख रुपैयाँदेखि ५८ करोड ४९ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।

बढेको बजारमा पियोर इनर्जी,श्रीइन्भेष्टमेन्ट फाइनान्स,समृद्धि फाइनान्स, जानकी फाइनान्स रिलायन्स फाइनान्सको शेयर मूल्य ६.६७ प्रतिशतदेखि ९.९९ प्रतिशतले बढेको छ ।

यो दिन  रवा इनर्जी डेभलपमेन्ट, ओममेगाश्री फार्मास्यूटिकल्स, नारायणी डेभलपमेन्टको शेयर मूल्य ३.२५ प्रतिशतदेखि ६.१४ प्रतिशतसम्मले घटेको छ । यो दिन १३ वटै समूहको सूचक बढेका छन्  ।

images
images

प्रतिक्रिया दिनुहोस्