Advertisement
Advertisement
Corporate Samachar
११ असार २०८३, बिहीबार
Advertisement

अर्थतन्त्र चलायमान बनाउन गभर्नर पौडेललाई परिसंघद्वारा सुझाव

अर्थतन्त्र चलायमान बनाउन गभर्नर पौडेललाई परिसंघद्वारा सुझाव
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल उद्योग परिसंघले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसँग छलफल गरेको छ । परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल नेतृत्वको टोलीले आइतबार नवनियुक्त गभर्नर पौडेललाई बधाई दिँदै देशको अर्थतन्त्रका नीतिगत विषयमा छलफल गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

सो अवसरमा अध्यक्ष अग्रवालले विगत तीन वर्षदेखि अर्थतन्त्रले भोग्दै आएको समस्या समाधान गर्न राष्ट्र बैंकले महत्वपूर्ण नीतिगत व्यवस्था गर्ने विश्वास व्यक्त गरे ।

अग्रवालले समग्र मागमा आएको संकुचनका कारण अर्थतन्त्रमा समस्या देखिएको उल्लेख गर्दै अर्थतन्त्रलाई चलायमान बनाउन तथा बैंकका रहेको लगानी योग्य रकमको परिचालन कसरी बढाउन सकिन्छ भन्ने सन्दर्भमा सुझाव दिएको उनको परिसंघले जनाएको छ ।

सो अवसरमा गभर्नर पौडेलले परिसंघका नीतिगत सुझावहरुको सरहाना गर्दै बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्न कार्यदल गठन गरेको बताए ।
छलफलमा परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, उपाध्यक्षहरु हेम राज ढकाल, अमित मोर, महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागी थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit