
काठमाडौं । मगर समुदायले भूमि अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व हो भूमि पूजा । सोही अवसरमा नेपाल मगर संघ केन्द्रीय समितिले आजबाट तीन दिन सम्म राजधानीको टुँडिखेलमा भूमि पूजा पर्व आयोजना गरेको छ ।
वर्षायाम लागेसँगै खाद्य बालीमा प्राकृतिक प्रकोप नलागोस्, दैवी विपत्ति नहोस् भनेर भूमिको पूजा गर्ने चलन अनुसार मगर समुदायद्वारा भूमि पूजा गर्ने गरिन्छ ।
यो समुदायले पृथ्वीमा आउनसक्ने सम्भावित प्रलय रोकिने जनविश्वासका साथ भूमि पूजा गरेर देवतालाई खुसी बनाउने गर्दछन् । प्राकृतिक तथा दैवी प्रकोप रोक्नको लागि भूमे पर्वको महत्व रहेको छ ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया दिनुहोस्