काठमाडौं । सातदोबाटोस्थित सहिद पार्कमा निर्माण गरिएको जेनजी सहिदको शालिक अनुहार सहिदसँग नमिलेपछि उद्घाटन स्थगित गरिएको छ। निर्माण समितिले हालको शालिक पुनर्निर्माण गरी एक महिनाभित्र नयाँ शालिक तयार गर्ने जनाएको छ।

सहिदको वास्तविक स्वरूपसँग प्रतिमाको अनुहार नमिलेको भन्दै गुनासो आएपछि निर्माण समितिले शालिक पुनः निर्माण गर्ने निर्णय गरेको हो। समितिका अनुसार नयाँ प्रतिमा तयार भएपछि मात्रै पार्कमा शालिकको औपचारिक उद्घाटन गरिनेछ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको स्मृतिमा शालिकसहितको सहिद स्मारक पार्क निर्माण गरिएको हो। यसअघि पार्कमा जेनजी आन्दोलनका सहिदहरूको शालिक राखिएको समाचार सार्वजनिक भएको थियो।निर्माण समितिले सहिदको पहिचान र वास्तविक स्वरूपलाई ध्यानमा राख्दै नयाँ शालिक निर्माण गर्ने जनाएको छ। एक महिनाभित्र पुनर्निर्माणको काम पूरा गरी शालिक तयार गरिने समितिको भनाइ छ।
















प्रतिक्रिया दिनुहोस्