काठमाडाैं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तोकेको सागसब्जी र फलफूलको थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार विभिन्न तरकारी तथा फलफूलको अधिकतम थोक मूल्य यसप्रकार निर्धारण गरिएको छ।
गोलभेँडाको मूल्य प्रकारअनुसार फरक छ। ठूलो नेपाली गोलभेँडा प्रतिकिलो रु ७०, भारतीय गोलभेँडा रु १००, सानो लोकल गोलभेँडा रु ३२ र टनेलमा फलाएको सानो गोलभेँडा रु ४४ रहेको छ। त्यस्तै, आलु रातो भारतीय रु ३४, मुडे आलु रु ३८, प्याज सुकेको (भारतीय) रु ४२, गाजर (लोकल) रु ८५ र तराई गाजर रु ५० मा तोकिएको छ।
बन्दाको मूल्य रु ३५, स्थानीय काउली रु ५५, सेतो मूला (हाइब्रिड) रु ३०, भन्टा लाम्चो रु २५, भन्टा डल्लो रु ३५, तने बोडी रु ३५, मकै बोडी रु ४५, मटरकोसा रु १६०, घिउ सिमी (लोकल) रु ४० र हाइब्रिड घिउ सिमी रु ३५ रहेको छ।
टाटे सिमी रु ६०, भटमास कोसा रु १००, तीतो करेला रु ३५, लौका रु २५, परबर (लोकल) रु ३० र तराई परबर रु ३५, चिचिण्डो रु २५, घिरौला रु ४०, झिगुनी रु ४५, पाकेको फर्सी रु ४५ र हरियो फर्सी लाम्चो रु ४० तथा डल्लो रु ३० मा पाइनेछ।
भिण्डी रु ३५, सखरखण्ड रु ७०, स्कुस रु ५०, रायो साग रु ४५, पालुङ्गो साग रु ५०, तोरी साग रु ३५, हरियो प्याज रु ६५, कन्य च्याउ रु १८०, डल्ले च्याउ रु ३६०, कुरिलो रु ३००, निगुरो रु ३०, ब्रोकाउली रु ५५, चुकुन्दर रु ७० र रातो बन्दा रु ७० कायम गरिएको छ।
त्यस्तै, जिरी साग र सौफको साग प्रतिकिलो रु १००, पुदिना रु ११०, इमली रु १७०, तामा रु १२०, तोफु रु १४० र गुन्द्रुक रु ३५० मा निर्धारण गरिएको छ।
फलफूलतर्फ, स्याउ झोले रु २५०, फुजी स्याउ रु ३००, केरा (दर्जन) रु १५०, कागती रु १७०, आँप माल्द रु ६५ र दशहरी रु ७५, अङ्गुर हरियो रु २५० र कालो रु ३५०, तरबुजा हरियो रु ४०, मौसम रु २००, जुनार रु २५०, भुइँकटहर प्रतिगोटा रु १९० र रुखकटहर प्रतिकिलो रु ६० रहेको छ।
काँक्रो लोकल रु ४०, हाइब्रिड काँक्रो रु १२, मेवा (भारतीय) रु ११०, लिची लोकल रु १९० र भारतीय लिची रु १७० मा उपलब्ध छ।
मसला तथा अन्य सामग्रीमा अदुवा रु ११०, सुकेको खुर्सानी रु ४२०, हरियो खुर्सानी सामान्य रु ४०, बुलेट खुर्सानी रु ३०, माछे खुर्सानी रु ४०, धनियाँ रु ३०, सुकेको चाइनिज लसुन रु २२० र नेपाली लसुन रु १७० रहेको छ।
त्यस्तै, सुकेको छ्यापी रु २००, हरियो छ्यापी रु १२०, ताजा माछा (रहु) रु ३३०, बचुवा रु ३२०, छडी माछा रु २४०, राजा च्याउ रु ३०० र सिताके च्याउ रु ९०० प्रतिकिलोमा उपलब्ध रहेको समितिले जनाएको छ।

















प्रतिक्रिया दिनुहोस्