काठमाडाैं । राप्रपाका उपाध्यक्ष आजको आन्दोलनको मुख्य समिति संयोजक रविन्द्र मिश्रले आजको आन्दोलन नरोकिएको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्,‘ यो एउटा सानो क्लिप हो, यसको सम्पूर्ण जनधन क्षतिको जिम्मेवारी सरकारले लिनुपर्छ।’
उनले लेखेका छन् :
आन्दोलन रोकिएको छैन। सम्पूर्ण जनधन क्षतिको जिम्मेवारी सरकारले लिनु पर्छ। कुनैपनि परिस्थितिमा सर्वसाधारण तथा व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नगर्न विनम्र अनुरोध गर्दछु। आजको सानो क्लिप। अहिलेलाई यत्ति भनेँ। हेरौँला, कहिलेसम्म यी भ्रष्ट र पतित नेताले सुरक्षा पाउने रहेछन्।















प्रतिक्रिया दिनुहोस्